जाँड–रक्सी बिक्री गर्ने तथा खानेलाई ढुङ्गा बोकाउने निर्णय

साउन ५,डोटी । डोटीका पालिकाले जाँड–रक्सी खाने तथा बिक्री वितरणसमेत रोक्न आ–आफ्नै निर्णय गरेका छन् । केआईसिंह गाउँपालिकाको वडा नम्बर ७ सलेनाले जाँड–रक्सी बिक्री गर्ने तथा खानेलाई ढुङ्गा बोकाउने निर्णय गरेको छ । यस वडामा कसैले जाँड–रक्सी खाएको पाइए १५ दिन र बिक्री गर्नेलाई वडा कार्यालयसम्म एक महिना ढुङ्गा बोकाउने निर्णय गरिएको वडाध्यक्ष दिलबहादुर बलायरले जानकारी दिए । वडामा जाँड–रक्सी वितरण गर्दै आएका व्यापारी तथा वडावासीसँगको छलफलपछि यो निर्णय गरिएको हो । यसैगरी यस वडामा सञ्चालन हुने गाडीमा जाँड–रक्सी ओसारपसार गर्नेलाई समेत एक महिना गाडी ुहोल्डु राख्नुपर्ने निर्णयसमेत गरेको वडा…

पुरा पढ्नुहाेस्