त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८० किलो बढी सुन बरामद, तीन जना पक्राउ

साउन ४, काठमाडौँ । राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको अपरेशनमा ८० किलोभन्दा बढी परिणामको सुन बरामद गरेको छ । विभागका महानिर्देशक नवराज ढुङ्गानाले ८० देखि १०० किलोको बीचमा रहेको सुन बरामद गरिएको जानकारी दिँदै उक्त सुन ओसारपसारमा संलग्न रहेका तीन जनालाई पक्राउ गरिएको जानकारी दिएका छन् । विमानस्थल पास भएर आएको उक्त सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला बरामद भएको हो । ढुङ्गानाका अनुसार उक्त सुन हङकङबाट आएको खुलेको छ । यो घटनाका बारेमा थप अनुसन्धान जारी रहेकाले बिहिबारसम्ममा धेरै कुराहरु खुल्ने…

पुरा पढ्नुहाेस्

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको सर्भरमा समस्या

फागुन ८,काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको सर्भरमा समस्या देखिएको छ। सोमबार दिउँसो सर्भरमा समस्या देखिएसँगै अन्तर्राष्ट्रिय उडान प्रभावित भएको कार्यालयका सूचना अधिकारी गणेश आचार्यले बताए। ‘डेढ घण्टादेखि सर्भरमा समस्या आएकाले प्राविधिकहरू बोलाएका छौ’उनले भने, ‘मोबाइल डेटा कम्युटरमा कनेक्ट गराएर हटस्पटमार्फत भएपनि प्रयास गरिरहेका छौं। अहिले सेवा निकै सुस्त चलिरहेको छ।’ पछिल्लो केही समययता अध्यागमनको सर्भरमा पटक-पटक समस्या देखिन थालेको छ। करिब एक महिनाअघि पनि सोही समस्याका कारण उडान प्रभावित भएको थियो।

पुरा पढ्नुहाेस्

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा

माघ २७,काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन उड्डयन मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीका अनुसार ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रब्य सामग्री प्राप्त भएको छ । सोबारे जाँचबुझ गर्ने सिलसिलामा पदबाट निलम्बन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धकलाई लेखी पठाइएको उनले बताए । यस विषयमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पठाइने मन्त्रालयले जनाएको छ । ठाकुर पछिल्लो दुई वर्षयता विमानस्थलको प्रमुख पदमा कार्यरत थिए । यसअघि ९ माघमा त्रिभुवन विमानस्थलका आन्तरिक टर्मिनल…

पुरा पढ्नुहाेस्

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक राउन्ड गोलीसहित एक महिला पक्राउ

असार १, काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान ह्यान्ड ब्यागेज चेकिङ एरियाबाट एक राउन्ड गोलीसहित एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा सर्लाही हरिपुर नगरपालिका–७ बस्ने ३६ वर्षीया किरण कुमारी सिंह छन् ।उनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । बुद्ध एयरको उडानबाट काठमाडौंबाट जनकपुर जान लागेकी यात्रु सिंहले लिई आएको झोला ह्यान्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उक्त गोली फेला पारी प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरनले जनाएको छ…

पुरा पढ्नुहाेस्

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शंकास्पद वस्तु राखिएको आशंका, आन्तरिक उडान बन्द

बैशाख २१, काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शंकास्पद वस्तु राखिएको आशंका भएपछि आन्तरिक उडान ठप्प भएको छ । अहिले आन्तरिक उडानका सबै यात्रुहरुलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । प्रवक्ता सिटौलाका अनुसार शंकास्पद वस्तु राखिएको भनिएको ठाउँलाई घेरेर राखिएको छ ।  

पुरा पढ्नुहाेस्

बिहीबारदेखि आन्तरिक उडान १८ घण्टाः कस्तो छ तयारी

बैशाख १४, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो हवाई चाप व्यवस्थापन गर्न नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फ उडान समयावधि बढाएर १८ घण्टा पुर्‍याएको छ । विमानस्थलको एयर ट्राफिक जामलाई ध्यानमा राख्दै बिहीबारदेखि तराईका ६ क्षेत्रीय विमानस्थलमा १८ घण्टा उडान गर्न लागिएको महानिर्देशक इञ्जीनियर प्रदीप अधिकारीले जानकारी दिए । प्राधिकरणले रात्रिकालीन उडानयोग्य भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थललाई बिहान ६ देखि राति १२ बजेसम्म सञ्चालनमा ल्याउने निर्णय गरेको हो । यसले काठमाडौं विमानस्थलको विद्यमान उडान चाप व्यवस्थापन हुने तथा कोभिड–१९ महामारीपछि जुर्मुराउँदै गरेको पर्यटन क्षेत्रलाई…

पुरा पढ्नुहाेस्

त्रिभुवन विमानस्थलको सञ्चार उपकरणमा समस्या

चैत १०, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या आएपछि बिमान उडान अवतरण केही समय प्रभावित भएको छ । बिहान ६ बजेदेखि उपकरणमा समस्या देखिएपछि उडानमा केही समय प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थल कार्यालयका अनुसार राडारमा समस्या देखिएको हो । “लाइनमा ट्रिप गएपछि समस्या देखिएको थियो । राडारमा समस्या देखिँदा केही समय उडानमा समस्या भएको थियो । तर, अवतरणमा समस्या भएन,” विमानस्थल कार्यालयलका प्रवक्ता टेकनाथ सिटौलाले भने, “पाँचपाँच मिनेटको अन्तरमा हामीले उडान गर्यौं । अहिले समस्याको समाधान भइसकेको छ ।” उपकरणमा समस्या देखिएपछि विमानस्थल कार्यालयले वैकल्पिक…

पुरा पढ्नुहाेस्

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘क्यालिब्रेशन फ्लाइट’सकियो

फागुन २०,काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग परीक्षणका लागि भइरहेको यान्त्रिक परीक्षण उडान अर्थात् ‘क्यालिब्रेशन फ्लाइट’ सम्पन्न भएको छ। बिहीबार र शुक्रबार दुई दिन भएको उक्त फ्लाइटका कारण अन्य उडान भने नियमित हुनसकेका थिएनन्। आज पनि दुई घण्टा उक्त क्यालिब्रेशन फ्लाइट भएको थियो। उक्त उडानका कारण आज पनि दुई घण्टा उडान र अवतरण हुनसकेको थिएन। अहिले भने आजका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेशन फ्लाइट सकिएको विमानस्थलका निर्देशक प्रेमनाथ ठाकुरले बताए । ‘क्यालिब्रेशन फ्लाइटका कारण केही समय जहाज अडान र अवतरणमा केही कठिनाइ भई आकाशमै होल्ड गराएका थियौँ, केही जहाज अवतरण…

पुरा पढ्नुहाेस्

त्रिभुवन विमानस्थलको आवागमन कक्ष विस्तार गर्न मन्त्री आलेको निर्देशन

पुस २४, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फको आवागमन कक्ष विस्तार तथा फराकिलो बनाउन निर्देशन दिएका छन् । भैरहवा जाने क्रममा विमानस्थलको निरीक्षण अनुगमन गरेका मन्त्री आलेले आन्तरिकतर्फको विमानस्थलमा यात्रुको चाप बढ्दै गएको र कोरोना जोखिमलाई मध्यनजर गर्दै उक्त आवागमन कक्षलाई फराकिलो ठाउँमा निर्माण गर्न निर्देशन दिएका हुन् । मन्त्री आलेको निर्देशनपछि आवागमन कक्ष फराकिलो बनाउनका लागि काम अगाडि बढाइने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उपमहानिर्देशक प्रेमनाथ ठाकुरले बताए । उनले भने, ‘विमानस्थलमा यात्रुको चाप बढी हुँदै गएकाले समस्या भयो, फराकिलो ठाउँमा सार्न मन्त्री ज्यूले…

पुरा पढ्नुहाेस्

हुस्सु र कुहिरोका कारण सबै हवाई उडान बन्द

पुस १६, काठमाडौं । काठमाडौं उपत्यकामा बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै खाले उडान रोकिएका छन् । भिजिबिलिटी कम हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान बन्द भएको विमानस्थल कार्यालयले जानकारी दिएको छ । मौसम सफा नभइ कुनै पनि उडान तथा अवतरण गर्न नसकिने विमानस्थलले जनाएको छ । अहिले केही अन्तर्राष्ट्रिय एयरलाइन्सले अवतरणको प्रयास गरेपनि सफल हुन सकेको छैन । अहिले देशका धेरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

पुरा पढ्नुहाेस्