दशरथ रंगशालामा १० वर्षपछि कन्सर्ट हुने

भाद्र २०,काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १० वर्षपछि कन्सर्ट हुने भएको छ । आउँदो असोज १५ गते शनिबारका दिन, दसैँको मौका पारेर रंगशालामा साङ्गीतिक महोत्सवको आयोजना हुन लागेको हो । उक्त कन्सर्टमा दि एज ब्यान्ड, नितेशजङ कुँवर, बर्तिका एम राई, लाउरे, स्वप्न सुमन, भेक, यावेश, त्रिशाला गुरुङ, सुबानी मोक्तान, दि एलिमेन्ट्स ब्यान्डडलगायतका कलाकारहरुले प्रस्तुती दिनेछन् । उक्त साङ्गीतिक कार्यक्रमले युवा वर्गमा दसैँको प्रवद्र्धन गर्दै एकताको सन्देश दिने, वर्षौँदेखि थलिएको इभेन्ट म्यानेजमेन्ट व्यवसायको हौसला बढाउने र नेपाली कला तथा संस्कृतिलाई युवापुस्तासँग जोड्न सघाउने लक्ष्य राखिएको पार्टी नेपालका श्री गुरुङले सोमबार…

पुरा पढ्नुहाेस्