पाल्पाको रम्भा गाउँपालिकामा पहिरो, पाँच जना बेपत्ता

असोज ८,पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा पहिरो जाँदा पाँच जना बेपत्ता भएका छन् । रम्भा गाउँपालिका वडा नम्बर २ का होमबहादुर गाहाको घर गएराति पहिरोले पुरिएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी सन्तोष कुमार भट्टराईले  भने, ‘होमबहादुर गाहाको घरमा पाँच जना पुरिएको खबर आएको छ । अरु विवरण आएको छैन । म घटनास्थलमा पुग्दै छु ।’ घटनास्थलबाट नजिक रहेको हुंगी प्रहरी चौकीको टोली उद्धारका लागि गएको एसपी भट्टराईले जानकारी दिए ।

पुरा पढ्नुहाेस्

सिन्धुपाल्चोकमा पहिरो : दुई घर बगायो,पाँच जना बेपत्ता !

साउन १, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा गएराति अविरल वर्षासँगै गएको पहिरोमा परेर पाँच जना बेपत्ता भएका छन् । एक साताअघि गएको पहिरोमा बेपत्ता भएका २० जना नभेटिँदै जिल्लामा थप पाँच जना पहिरोमा बेपत्ता भएका हुन् । भोटेकोशी गाउँपालिका ४ फुल्पिङकट्टीका दुईवटा घर पहिरोले बगाउँदा पाँच जना बेपत्ता भएका स्थानीय बासिन्दाले जानकारी दिएका छन् । घटना गए राति ११ बजेको हो । घटनास्थल सदरमुकामबाट ७५ किमी टाढा पर्छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिए । उनले प्रहरी टोली घटनास्थल पुगेपछि मात्रै घटनाको विस्तृत…

पुरा पढ्नुहाेस्

पर्वतमा पहिरोले ४ घर पुरिए, पाँच जना बेपत्ता

साउन २,पर्वत । अविरल वर्षाका कारण आएको पहिरोले पर्वतको जलजला गाउँपालिका –८, लस्तीका ४ घर पुरेको छ । मंगलबार राति वर्षासँगै आएको पहिरोले जलजला –८, लस्तीका बमबहादुर परियारको घरसहित ४ घर पुरेको प्रहरीले जनाएको छ । पहिरोका कारण बमबहादुरका १२ वर्षीय छोरा विकास परियारसहित ५ जना सम्पर्कविहीन रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । पहिरोबाट उच्च जोखिममा परेका १६ घरलाई सुरक्षित स्थानमा सारिएको छ । अहिले उद्धार कार्य जारी छ । स्थानीयबासीलगायत प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरिरहेको छ । पहिरोकै कारणबाट मालढुंगा–बेनी सडकखण्ड समेत चल्न सकेको छैन…

पुरा पढ्नुहाेस्