चितवन-३ बाटै चुनाव लड्न प्रचण्डलाई पाँच दलको अपील

असोज १८, काठमाडौँ । चितवनका पाँच राजनीतिक दलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ;प्रचण्ड’ लाई आगामी मंसिर ४ गतेको निर्वाचनमा चितवनबाटै उम्मेदवारी दिन अपिल गरेका छन् । मंगलबार नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको बैठकले प्रचण्डलाई चितवनबाटै उम्मेदवारी दर्ता गर्न अपिल गरेको हो । गठबन्धनको जिल्ला स्तरीय बैठकको निर्णयमा प्रचण्ड चितवनको निर्वाचन क्षेत्र नम्बर ३ परिवर्तन गरी अन्य जिल्लाबाट उम्मेदवार बन्न लागेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै मुलुक, संविधान, लोकतन्त्र, शान्ति र विकासका खातिर निर्वाचन क्षेत्र परिवर्तन गर्नु असान्दर्भिक ठहर गर्दै आफ्नो निर्वाचन क्षेत्र परिवर्तन नगर्न भनेको…

पुरा पढ्नुहाेस्

एमाले महाधिवेशन विचारको बहस नहुने कुम्भमेला हो : दाहाल

मंसिर ११, काठमाडौं । नेकपा माओवादी केन्द्रको सात सय ५३ पालिका सम्मेलन शनिबार एकसाथ शुरु भएको छ । सम्मेलनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्दै भर्चुअल सम्बोधन गरेका छन् । सम्बोधन गर्दै दाहालले नेकपा एमालेको महाधिवेशन कुम्भ मेला भएको बताएका छन् । सम्बोधनमा दाहालले भने, ‘विचारबारे बहस गर्ने पार्टी माओवादी मात्रै हो । हिजो मात्रै कुम्भमेला देख्यौँ त्यहाँ बहस छैन । हामी विचार र बहसलाई केन्द्रमा राखेर राष्टिय महाधिवेशन सम्पन्न गछौँ ।’ संघीय लोकतान्त्रिक गणतन्त्रलाई समेत खारेज गर्ने समावेशीतालाई उल्टाउने प्रयासमा समेत केपी ओली सक्रिय भएका आरोप लगाए ।…

पुरा पढ्नुहाेस्

न्यायालयबारे गठबन्धनको साझा धारणा छिट्टै आउँछ : दाहाल

कार्तिक १३, धनुषा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले न्यायालयमा देखिएको समस्याबारे सत्ता गठबन्धन दलको धारणा छिट्टै सार्वजनिक हुने बताएका छन् । शनिबार सर्लाहीमा आयोजित कार्यक्रममा सहभागी हुन जनकपुर पुगेका दाहालले गठबन्धनका शीर्ष नेताहरु साझा धारणा बनाउने प्रक्रियामा रहेको बताएका हुन् ‘न्यायालय र राजीनामाबारे मेरो व्यक्तिगत धारणाभन्दा गठबन्धनकै साझा धारणा सार्वजनिक गर्ने क्रममा छौं,’ दाहालले विमानस्थलमा सञ्चारकर्मीसित कुरा गर्दै भने,‘ गठबन्धनका नेता अहिले कोही कता, कोही कता भएकाले बैठक बस्न ढिलो भएको छ । बैठकलगत्तै हामी आफ्नो धारणा बाहिर ल्याउँछौं ।’ उनले न्यायालयमा देखिएको समस्या समाधान गर्ने दृष्टिकोणले नै…

पुरा पढ्नुहाेस्