राष्ट्रपति भण्डारीले लगाइन् गुरूहरुको हातबाट टीका

असोज १९, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गुरूहरुबाटको हातबाट बडादशैंको टीका ग्रहण गरेकी छन् । बडादशैं २०७९ को अवसरमा उनले शीतलनिवासमा गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट टीकाको साइतअनुसार ११ः५१ बजे टीका ग्रहण गरेकी हुन् । आफूले टीका ग्रहण गरेलगत्तै उनले आफ्नी छोरी र आफन्तहरूलाई टीका लगाएर आशीर्वाद दिएकी छन् । त्यसपछि विशिष्ट व्यक्तित्वका साथै सर्वसाधारणलाई टीका प्रसाद प्रदान गरेकी छन् । राष्ट्रपति कार्यालयले तयार गरेको कार्यतालिकाअनुसार व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका प्रमुख, मन्त्रीगण, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट व्यक्तित्वलाई आज दिउँसो २ बजेदेखि ३ बजेसम्म तथा…

पुरा पढ्नुहाेस्