भारतमा तेस्रो लहर सुरु भएको १० दिनमै सङ्क्रमित सङ्ख्या १ लाख ७९ हजार नाघ्यो

पुस २६, काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा १ लाख ७९ हजार ७ सय २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तेस्रो लहरमा सङ्क्रमितको सङ्ख्या एक लाख नाघेको यो तेस्रो दिन हो । यस्तै पछिल्लो २४ घण्टामा एक सय ४६ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गएको छ । भारतमा अहिले सात लाख २३ हजार ६ सय १९ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा भारतको सङ्घीय राजधानी रहेको दिल्लीमा तीन सय जनाभन्दा बढी प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा…

पुरा पढ्नुहाेस्