दोलखामा भूकम्पको धक्का

बैशाख २२, काठमाडौं । दोलखामा भूकम्पको धक्का महशुस गरिएको छ । आज बिहान भीमेश्वर केन्द्रबिन्दु भएर परकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ बजेर २ मिनेटमा दोलखाको भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३.७ रेक्टर स्केलको परकम्प गएको हो । यो २०७२ सालमा गोरखामा गएको भूकम्पको परकम्प नै भएको केन्द्रले जनाएको छ ।

पुरा पढ्नुहाेस्

लमजुङको बेसीसहरमा भूकम्पको धक्का

फागुन १०, लमजुङ । लमजुङको बेसीसहर केन्द्रबिन्दु भएर भूकम्प गएको छ । गएराति २ बजेर २२ मिनेट जाँदा बेसीसहर नगरपालिका–१० बाँझखेत केन्द्रबिन्दु बनाएर ३.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । अनुसन्धान केन्द्रका अनुसार लमजुङ भूकम्पको जोखिम रहेको र यहाँ भूकम्प जाने क्रम चलिरहनेछ । जिल्लामा यसअघि गएको माघ २३ गते दोर्दी गाउँपालिका–८ बन्सार केन्द्रबिन्दु तीन दशमलव दुई रेक्टर स्केलकै भूकम्प गएको थियो ।

पुरा पढ्नुहाेस्

पाकिस्तानमा भूकम्प, कम्तिमा २० जनाको मृत्यु

असोज २१, एजेन्सी । दक्षिणी पाकिस्तानमा आज (बिहीबार) बिहानै भूकम्प गएको छ । आज बिहान करिब साढे ३ बजे दक्षिणी पाकिस्तानको बलोचस्तानमा ६ रेक्टर स्केलको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रारम्भिक तथ्यांकअनुसार भूकम्पबाट २० जनाको मृत्यु भएको छ । भूकम्पको केन्द्र पाकिस्तानको हरनाईको १४ किलोमिटर उत्तर-पूर्व रहेको बताइएको छ । समाचार संस्था एएफपीसँग कुरा गर्दै प्रान्तका उच्च अधिकारी सुवाहिल अन्वार हास्मीले एक बच्चा र ६ जना महिलासहित २० जनाको मृत्यु भएको जानकारी दिएका छन् । भूकम्पले केही घर भत्किँदा उनीहरूको मृत्यु भएको हो । भूकम्पमा परी दुई सयभन्दा…

पुरा पढ्नुहाेस्

फिलिपिन्सको दक्षिणी भागमा शक्तिशाली भूकम्प

माघ २५ काठमाडौँ । फिलिपिन्सको दक्षिणी भागमा पर्ने दाभाओ डेल सुर प्रान्तमा आइतबार ६.३ म्याग्नीच्युडको भूकम्प गएको फिलिपिन्सको भूगर्भ विभागले जानकारी दिएको छ । स्थानीय समयानुसार आइतबार १२ः२२ दिउँसो उक्त भूकम्प गएको बताइएको छ । माग्सेसे शहरबाट ६ किलोमिटर दक्षिणपश्चिममा १५ किलोमिटरको गहिराईमा उक्त भूकम्पको केन्द्रविन्दु रहेको बताइएको छ । यस भूकम्पको कम्पन कोटाबाटो प्रान्तको कादापावान शहर र कोरोनादाल सहरमा पनि कम्पनको महसूस गरिएको समाचारमा जनाइएको छ । यस भूकम्पबाट मानवीय र भौतिक क्षतिको हालसम्म कुनै समाचार प्राप्त भएको छैन् । फिलिपिन्समा भूकम्पको प्रकोपले बारम्बार सताएको पाइन्छ । सिन्ह्वा

पुरा पढ्नुहाेस्