स्थानीय तहको निर्वाचनमा भोट हाल्न गाउँ फर्किनेहरूको भीड, मंगलबार ६० हजारले उपत्यका छाडे !

वैशाख २८, काठमाडौ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भोट हाल्न गाउँ फर्किनेहरूको भीड लागेको छ। काठमाडौंबाट बाहिरिने विभिन्न नाकाहरूमा घर फर्किने नागरिकहरूको भीड लागेको हो । मंगलवार राती १२ बजेसम्म ५९ हजार ६१ जना गाउँ फर्किएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकाबाट बाहिरिने कोटेश्वर, थानकोट लगायतका नाकाहरूमा घर फर्किनेहरूको भीड देख्न सकिन्छ। काठमाडौंबाट मतदानका लागि घर फर्किनेहरू बढेसँगै काठमाडौंको सडकमा सवारीको चाप कम भएको छ। विशेष गरी काठमाडौंबाट छिमेकी जिल्लाहरूमा जाने मानिसहरू धमाधम गाउँ फर्किन थालेका हुन्।

पुरा पढ्नुहाेस्