महालक्ष्मी बैंकले ग्राहकको सुन फिर्ता गर्यो

भाद्र २०,काठमाडौँ । महालक्ष्मी विकास बैंकले ऋणीको सुन फिर्ता गरेको छ । एक विज्ञप्ती निकालेर सुन फिर्ता दिएको बैँकले जानकारी दिएको छ । यसअघि बैंकले ऋणीले सम्पूर्ण रकम चुक्ता गरिसक्दा पनि धितोको रुपमा राखेको सुन नक्कली भएको भन्दै फिर्ता दिन आनाकानी गरेको ग्राहकको आरोप थियो । ‘शुक्रवार ऋणीले कर्जाको सम्पूर्ण साँवा व्याज भुक्तानी गरी धितोमा राखिएको सुन बुझिलिनु भएको व्यहोरा जानकारी गराउँदछौं । बैंक आफ्ना ग्राहकहरूप्रति सधैं संवेदनशील रहने र भविष्यमा पनि ग्राहक महानुभावहरुको हितलाई मध्यनजर गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्दर्छौ,’ बैंकले विज्ञप्तिमार्फत भनेको छ । कुमारीपाटी…

पुरा पढ्नुहाेस्