सूर्यतारा सिमेन्ट परियोजनाका लागि १४ अर्ब २७ करोड लगानी स्वीकृत

चैत १८, काठमाडौं । लगानी बोर्डले सूर्यतारा सिमेन्ट परियोजना निर्माण, सञ्चालन एवम् व्यवस्थापनका लागि १४ अर्ब २७ करोड ५० लाख बराबरको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा बिहीबार बसेको लगानी बोर्डको ५० औं बैठकले लगानी स्वीकृत गरेको हो । सूर्यतारा सिमेन्ट उद्योग सुर्खेतको पञ्चपुरमी स्थापना हुने छ । यस्तै, बैठकले नवलपरासीको बर्दघाटमा रासायनिक मल कारखाना स्थापना गर्न समझदारी गरी विस्तृत सम्भाव्यता अध्ययनका लागि डीआईएजी इन्डष्ट्रिज जीएमबीएच जर्मनीलाई अनुमती पत्र दिने निर्णय गरेको छ । बैठकले तल्लो अरुण जलविद्युत परियोजना (६७९मेवा) का सम्बन्धमा प्रस्तावक…

पुरा पढ्नुहाेस्

लगानी बोर्ड बैठकः ७३ अर्ब लगानी स्वीकृत

असोज २३, काठमाडौँ । लगानी बोर्डले करिव रु. ७३ अर्ब बराबरको लगानी स्वीकृत गरेको छ । बालुवाटारमा शनिबार बसेको बोर्डको बैठकले दुईवटा जलविद्युत परियोजनको निर्माण तथा विकास गर्न करिब उक्त परिणामको लगानी स्वीकृति तथा पूँजीवृद्धि गर्न अनुमति प्रदान गरेको हो । लगानी स्वीकृति हुनेमा करिब नेरु १०.५ अर्ब लगानीको दोलखामा अवस्थित ५६ मेगावाट क्षमताको जुमखोला जल विद्युत परियोजना रहेको छ । त्यस्तै संखुवासभामा अवस्थित हाल निर्माणको चरणमा रहेको नौसय मेगावाट क्षमताको अरुण ३ जलविद्युत परियोजनामा ६२ अर्ब २६ करोड रुपियाँको पूँजीवृद्धि स्वीकृति प्रदान गरेको छ । यसै गरी, बैठकले नौसय…

पुरा पढ्नुहाेस्

लगानी बोर्डको योजनाः ५ बर्षमा १० अर्ब डलर लगानी स्वीकृत, एक लाख रोजगारी सिर्जना

भदौ २४, काठमाडौं । लगानी बोर्डले पाँच बर्षमा १० अर्ब अमेरिकी डलर लगानी स्वीकृत गर्ने रणनीतिक योजना सार्वजनिक गरेको छ । आफ्नो १०औं बार्षिकोत्सवमा बोर्डले उक्त रणनीति सार्वजनिक गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले बोर्डको पाँच बर्षे रणनीतिक योजना सार्वजनिक गरे । यसमा १० अर्ब डलरको लगानी स्वीकृत गर्ने, छ अर्ब डलर बराबरको सार्वजनिक निजी साझेदारी परियोजनाको व्यवस्थापन गर्ने, कम्तिमा एक लाख रोजगारी सिर्जना गर्न सहयोग पुर्याउने, प्रभावकारी लगानीबाट लगानीको बाताबरण सुधार गर्न सहयोग गर्ने तथा बोर्डलाई सार्वजनिक निजी साझेदारीको उत्कृष्टताको केन्द्रको रुपमा विकास गर्ने लक्ष्य लिइएको छ । परियोजना…

पुरा पढ्नुहाेस्