वीरगञ्ज चिनी कारखाना सञ्चालन गर्ने सरकारको घोषणा

जेठ १६, वीरगञ्ज । विगत २ दशकभन्दा लामो समयदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना सञ्चालन गर्ने सरकारले घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री जनार्दन शर्माले वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालन गर्ने उद्घोष गरेका हुन् । वीरगञ्ज चिनी कारखानासँगै कृषि औजार कारखाना पनि पुनः सञ्चालन गर्ने कार्यक्रममा आइतवार अर्थमन्त्री शर्माले प्रस्तुत गरेको बजेटमा समेटिएको छ । पर्सा , बारा र रौतहटका झण्डै २० हजार किसान आश्रीत रहेको वीरगञ्ज चिनी कारखाना बन्द भएको दुइ दशक बितिसकेको छ । तत्कालीन सोभियत संघ रुसको आर्थिक सहयोगमा…

पुरा पढ्नुहाेस्