राष्ट्रिय एकता, सहमति र सहकार्यलाई थप जीवन्त बनाउँछु: प्रधानमन्त्री प्रचण्ड

जेठ ६,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय एकता र परिवर्तनबाट प्राप्त उपलब्धि रक्षा गर्ने सङ्कल्पसहित आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको बताएका छन् । आज काठमाण्डौमा आयोजित कार्यक्रममा उनले परिवर्तनमार्फत नै नागरिकलाई सेवा दिन सकिन्छ, सुशासन दिन सकिन्छ र विकास दिन सकिन्छ भन्ने सङ्कल्पसहित यो पटक प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको बताए । उनले हिजोका दिनमा भएका राष्ट्रिय एकता, सहमति र सहकार्यलाई थप जीवन्त बनाउने उद्देश्यले दलहरुबीच निरन्तर छलफलमा रहेको पनि बताएका छन् । शीर्ष नेताहरुबीच हुने गरेका छलफल पनि तिनै विषयका साथै संसद्का विभिन्न समिति र सङ्क्रमणकालीन न्यायलाई गति दिने विषयमा नै…

पुरा पढ्नुहाेस्