कस्तो रहनेछ आजको मौसम

जेठ २३, काठमाडौँ । हाल देशको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव तथा पश्चिमी भूभागमा स्थानीय वायुको प्रभाव रहेको छ । हाल प्रदेश नम्बर–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा वर्षा र बाँकी भूभागहरूमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश–१, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश–१, वाग्मती र गण्डकीका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति प्रदेश–१, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका पहाडी भूभागका एकरदुई स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply