मधेस आन्दोलनका जिउँदो सहिद मुन्सी पटेलको सम्झना !

दिपू वर्णवाल

असोज ४, वीरगंज । सोमबार सरकारी निकाय र राजनीतिक दलहरुले संविधान दिवस मनइ रहदा कालो दिन भन्दै लोकतान्त्रीक समाजवादी पार्टी लोसप का युवा नेता ओमप्रकाश सर्राफले भने मधेस आन्दोलनका जिउँदो सहिद मुन्सी पटेललाइ भेटेर उनको दुख पीडा बारे जानकारी लिएका छन् ।

संविधान जारी भएको दिन २०७२ असोज ३ गते वीरगंजमा भएको मधेस आन्दोलनका क्रममा प्रहरीले हानेको गोली लागेर वीरगंज महाागरपालिका वडा नम्बर २८ बगहीका मुन्सी पटेल गम्भीर घाइते भएका थिए ।उनी अहिले पनि उपचारको अभावमा अपांगताको जीवन जिउन बाध्य छन् ।

लोसपा महानगर अध्यक्ष सर्राफले सोमबार दिउँसो बगही स्थित पटेलको घरमै पुगेर भालाकुसारी गर्दै उनको दुखिपडा बारे जानकारी लिएका हुन् ।दलहरु संविधान दिवसको खुशीयाली र विरोधका कार्यक्रममा व्यस्त रहदा लोसपा युवा नेता सर्राफले भने मधेस आन्दोलनका जिउँदो सहिद पटेललाइ भेटेर उनलाइ सान्त्वना समेत दिए ।

त्यसक्रममा सर्राफले मधेस आन्दोलनकै कारणा थुप्रै नेताहरुले पद र सत्ताको स्वाद चाखे पनि जिउँदो सहिद पटेलको पीडा र योगदानको मुल्यांकन नगरेकोमा दुख व्यक्त गरे । उनले मधेस आन्दोलनकै उपलब्धि स्वरुप राज्यका हरेक निकायमा मधेसीले आरक्षण पाएको भन्दै यसलाइ मधेसी सहिदका परिवार र मधेस आन्दोलनका घाइतेले पनि उपलब्धीको रुपमा लिनु पर्ने बताए ।

पर्सा क्षेत्र नम्बर १ को ख को प्रदेश सभा सदस्यको उम्मेदवारका लागि प्रत्याशी समेत रहेका सर्राफले सहिद र घाइतेको त्याग र योगदानलाइ खेर जान नदिने र मधेसी सहिदका सपना पूरा गर्ने प्रतिबद्वता पनि जनाए ।

संम्बन्धित समचार

Leave a Reply