भाषाशास्त्री बालकृष्ण पोखरेलको निधन

फागुन १२,काठमाडौँ । वरिष्ठ साहित्यकार एवं भाषाविद् प्राध्यापक बालकृष्ण पोखरेलको निधन भएको छ । गएको शनिबार विराटनगरको श्री अस्पतालमा भर्ना भएका पोखरेलको शनिबार राति निधन भएको हो ।

मस्तिष्कघातबाट पीडित प्राध्यापक पोखरेलको रक्तचाप एक्कासी घटेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । भाषाविद् पोखरेल एक महिनादेखि थलिएका थिए । ८६ वर्षीय प्राध्यापक पोखरेललाई भारतको सिक्किममा रहेको गान्टोकमा छोरीको घर गएको बेलामा मस्तिष्कघात भएको थियो ।

गान्टोकबाट काठमाण्डौ ल्याई उनको नर्भिक अस्पतालमा उपचार भएको थियो । स्वास्थ्यमा केही सुधार भएपछि उनलाई विराटनगर ल्याएर स्पार्क अस्पतालमा उपचार गराइरहेकोमा एक्कासी स्वास्थ्य बिग्रिएपछि गएको शनिबार श्री अस्पतालमा भर्ना गरिएको थियो ।

स्वास्थ्यमा सुधार नआएपछि उनलाई घर लगिएको थियो । उनको शनिबार राति १ बजे विराटनगरको जलेज रोडस्थित आफ्नै घरमा निधन भएको हो ।

पोखरेलले १ सय ३० वटा बढी पुस्तक लेखेका छन् । उनले बालकृष्ण पोखरेलकै नामबाट भने ३ वटा पुस्तक मात्र लेखेका छन् । खस जातिको इतिहास, १०० वर्ष र भाषाको शब्दकोष लेखेका छन् । उनलाई नजिकैबाट अध्ययन गरेकी कवि सीमा आभाषका अनुसार पोखरेलले आफ्नै नामबाट पुस्तक कति लेखे भन्ने थाहा नभए पनि विभिन्न नामबाट उनले पुस्तक लेखेका थिए ।

संम्बन्धित समचार

Leave a Reply