मुम्बई आईपीएलको फाइनलमा, चेन्नई पराजित

बैशाख २५, काठमाडौँ । मुम्बई ईन्डियन्स ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको फाइनलमा प्रवेश गरेको छ । पहिलो क्वालिफायर खेलमा चेन्नेई सुपर किंग्सलाई ६ विकेटले हराउँदै मुम्बईले फाइनलमा स्थान पक्का गरेको हो ।

१ सय ३२ रनको लक्ष्य मुम्बईले ९ बल बाँकी छँदै मात्र ४ विकेट गुमाएर पुरा गर्यो । ओपनर रोहित शर्मा ४ र क्विनटन डी कक ८ रनमा पोविलियन फर्किएपनि सुर्यकुमार यादवले मुम्बईको ईनिङ्सलाई अघि बढाए । उनले नटआउट ७१ रनकाे अर्धसतकीय पाली खेले । इशान्त किसनले २८ रन बनाए । हार्दिक पाण्डेया शुन्य रनमा पवोलियन फर्किए ।

चेन्नेइका इमरान ताहिरले सर्वाधिक दुइ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नेईले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ३१ रनमात्र बनाउन सक्यो । अम्बातु रायडुले ४२ र कप्तान महेन्द्र सिंह धोनीले नटआउट ३७ रन बनाएको ईनिङ्समा चेन्नेईले सामान्य लक्ष्य प्रस्तुत गरेको थियो ।

दुवैले पाँचौ विकेटका लागि ६६ रनको साझेदारी गर्दै टोलीको ईनिङ्स उकासेका थिए ।

ओपनर फाफ डु प्लेसिस ६ रनमा आउट हुदाँ सेन वाटसन १० रनमा पोविलियन फर्किएका थिए । सुरेश रैना ५, मुरली विजयी २६ रनमा आउट भएका थिए ।

मुम्बईका राहुल चाचरले २ तथा कुर्नाल पाण्डेया र जयन्त यादवले समान एक विकेट लिए ।

दुई टोली पहिलो क्वालिफायर खेलमा मैदान उत्रिएका थिए ।

चेन्नेईले दोस्रो ईलिमिनेटर राउण्डमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादको बिजेतासंग खेल्नेछ ।

पहिलो ईलिमिनेटर राउण्डमा भोली (बुधबार) दिल्ली र हैदरावाद भिड्नेछन् ।एजेन्सी ।

संम्बन्धित समचार

Leave a Reply