नेदरल्याण्ड्सको पर्यटक लिएर उड्यो मलेसियन एयरलायन्सको विमान

चैत्र २०, काठमाण्डौ । मलेसियन एयरलायन्सको चार्टर उडानमार्फत् नेपालमा रहेका नेदरल्याण्डका नागरिकको उद्धार गरिएको छ । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै नेपाल सरकारले दुईसाता लामो लकडाउन गर्दा नेपालमा अलपत्र परेका नेदरल्याण्डका १ सय २३ जनालाई बिहीबार उद्धार गरिएको हो ।

नागरिक उडड्यन प्राधिकरणका अनुसार एक सय २० जना नेदरल्याण्डका नागरिक र ३ जना विदेशी पासपोर्टधारी नेपालीलाई उद्धार गरिएको हो । त्यस्तै बिहीबार विहान ११ बजे नेपाल एयरलायन्सको वाइडबडी विमान चीनको ग्वाङ्झाउमा चार्टर उडान गरेको छ । निजी क्षेत्रका व्यपारीले निगमको विमान चार्टर गरेर स्वास्थ्य सामाग्री खरिद गरी नेपाल ल्याउन लागेका हुन् ।

संम्बन्धित समचार

Leave a Reply