दूतावास भन्छ- ‘मलेसियामा रहेका नेपालीमा कुनै समस्या छैन’

वैशाख ६, काठमाण्डौ । वैदेशिक रोजगारीका क्रममा खाडी मुलुकमा रहेका नेपालीले समस्या भोगिरहेको बताए पनि मलेसियामा भने त्यस्तो कुनै समस्या नरहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । चार लाख नेपाली कामदार रहेको मुलुक मलेसियामा नेपाली कामदारको अवस्था सामान्य रहेको, मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले जानकारी दिए । अत्यावश्यक सेवामा बाहेक अन्य क्षेत्रमा काम गर्ने नेपाली कामदार कम्पनीकै क्वारेन्टाइनमा सुरक्षित रहेको उनको भनाई छ ।

मलेसियामा रहेका नेपाली मध्य एकजनामा कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण भएको र उनी निको भएर अस्पतालबाट फर्किसकेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply