२ जना सुरक्षाकर्मीमा देखियो कोरोना, देशभर कूल २७८ संक्रमित

जेठ ३, काठमाण्डौ । नेपालमा कोरोना भाइरस संक्रमित २ जना थप भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित भिडियो सन्देशमा प्रवक्ता डा विकास देवकोटाले महोत्तरी र काभ्रेमा १,१ जना गरी २ जना संक्रमित थपिएका बताए ।

उनका अनुसार महोत्तरीमा ५२ वर्षीय पुरुष र काभ्रेमा २६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कूल संक्रमितको संख्या २७८ पुगेको छ । देशभर २२४ पुरुष र ५४ महिला संक्रमित रहेका छन् भने ३६ जना डिस्चार्ज भएका प्रवक्ता देवकोटाले जनाएका छन् ।

संम्बन्धित समचार

Leave a Reply