थप चार स्थानमा बीओपी स्थापना

जेठ २०, काठमाडौँ । सशस्त्र प्रहरी बलले नेपालको भूमि अतिक्रमण तथा आपराधिक गतिविधि नियन्त्रण गर्न दक्षिण तथा उत्तरी नाका क्षेत्रमा सीमा सुरक्षा चौकी बीओपी थप गर्दै लगेको छ ।
कोभिड–१९ महामारीको बीचमा चार स्थानमा नयाँ सीमा सुरक्षा चौकी स्थापना गरिएको छ । सशस्त्र प्रहरी प्रवक्ता प्रवीनकुमार श्रेष्ठले बीओपीको स्थापनासँगै सीमा अतिक्रमण र आपराधिक क्रियाकलापमा नियन्त्रण आएको बताए ।

डडेल्धुराको जोगबुढासहित दुई स्थान, बैतडीको झुलाघाट, दार्चुलाको छाङरुङ, हुम्लाको हिल्सा र मुस्ताङको कोरोला नजिक लोमाङ्थाङको नेचाङमा नयाँ बीओपी स्थापना गरिएको छ । ती पोस्टहरूको नेतृत्व सशस्त्र प्रहरी निरीक्षकले गरेका छन् ।

सशस्त्र प्रहरी बलका अनुसार उत्तरी नाकाअन्तर्गत सङ्खुवासभाको किमाथाङ्का र सिन्धुपाल्चोकको तातोपानी नाकामा यसअघि नै सशस्त्र प्रहरी खटाइएको छ । ताप्लेजुङ, सिन्धुपाल्चोक, गोरखा, बझाङ र डोल्पालगायतका जिल्लामा बीओपी स्थापना गर्ने तयारी भइरहेको छ ।

संम्बन्धित समचार

Leave a Reply