रानीपोखरीको मन्दिरमा गजुर

असोज २०७२ सालको विनाशकारी भूकम्पमा परी क्षति पुगेको रानीपोखरीको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । लामो समय पुनर्निर्माणबारे विवादका कारण रोकिएको काम पछिल्लो समय धमाधम अघि बढेको हो । केही दिनअघि मात्र रानीपोखरीमा पानी भरिएको थियो । बिहीबार रानीपोखरीमा रहेको मन्दिरको शीरमा गजुर स्थापना गरिएको छ । गजुर स्थापनाअघि धार्मिक विधिअनुसार पूजा गरी गजुरलाई स्थापना गरिएको हो ।

संम्बन्धित समचार

Leave a Reply