काठमाण्डौ उपत्यकामा आज एकैदिन ३ हजार १ सय ७ सङ्क्रमित थपिए

कार्तिक ५, काठमाण्डौ । पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा ३ हजार १ सय ७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार काठमाण्डौमा २ हजार ३ सय ९१, भक्तपुरमा १ सय ७३ र ललितपुरमा ५ सय ४३ जनामा सङ्क्रमण देखिएको हो ।

त्यस्तै बुधबार देशैभर २० हजार १ सय १८ जनाको पीसीआर परीक्षण भएकोमा ५ हजार ७ सय ४३ जनामा सङ्क्रमण पुष्टि भएको छ । बुधबार थपिएकासँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या एक लाख ४४ हजार आठ सय ७२ पुगेको छ ।

 

संम्बन्धित समचार

Leave a Reply