नेपालमा थप १ सय २० जनामा कोरोना संक्रमण, ८३ डिस्चार्ज !

फागुण २१, काठमाडौ । पछिल्लो २४ घण्टामा थप १२० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण देखिएको छ । ६ हजार १४३ स्वाब नमूना परीक्षण गराउँदा १२० जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमित हुनेमा ५१ महिला र ६९ पुरुष छन् । यो सहित कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ६०८ पुगेको छ ।

यस्तै शुक्रबार थप ८३ जना डिस्चार्ज भएका छन् । योसहित हालसम्म कोरोना जित्नेको संख्या २ लाख हजार ७० हजार ७६६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार निको हुनेको दर ९८।६ प्रतिशत हो । देशभर सक्रिय संक्रमितको संख्या भने ८३२ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १० पुगेको मन्त्रालयले जनाएको छ । शुक्रबार कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । यस्तै अहिले ५८ जना क्वारेन्टिन र ८३२ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply