नेप्से हालसम्मकै उच्च बिन्दुमा, ७ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा, कारोवार रकम कति ?

चैत्र २२, काठमाण्डौ । आइतबार सेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार नेप्से परिसूचक अलटाइम हाइ बिन्दुमा पुगेको हो । नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । त्यस्तै, आज कारोबार भएका कूल कम्पनीहरुमध्ये ७ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक २५.७१ अंकले बढेर २६५७.६१ बिन्दुमा पुगेको छ । बजार बन्द हुँदाको नेप्से परिसूचकको यो बिन्दु हालसम्मकै उच्च हो । यसअघि फागुन ९ गते २६४०.३१ अंकले बढेर सेयर बजारले नयाँ रेकर्ड राखेको हो । इन्ट्रा डे कारोबारमा भने नेप्से परिसूचक २६५८.३० को बिन्दुमा पुगेको थियो ।

यता सेन्सेटिभ परिसूचक पनि ४.३३ अंकले बढेर ४७०.७५ को बिन्दुमा पुगेर रोकिएको छ । आज कूल २ सय १२ कम्पनीको सेयर कारोबार भएको छ । कूल २ सय १२ कम्पनीको १ करोड ७२ लाख ३५ हजार ३५५ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ७३ करोड ३८ लाख ४३ हजार ४०६ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । यो कारोबार रकम एक महिना यताकै धेरै हो ।

आज अघिकांश सूचकमा चमक देखिएको छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये ८ वटा मात्र उपसमूहको सेयर बढेको छ, भने बाँकी ५ वटा उपसमूहको सेयर घटेको छ । आज व्यापार, होटल र पर्यटन, म्यानुफ्याक्चारीङ्ग र प्रोसेसिङ्ग, जीवन बीमा, म्युचुअल फण्ड र लगानी समूहको सेयर घटेको छ । भने बाँकी सबै उपसमूहको सेयर बढेको हो ।

संम्बन्धित समचार

Leave a Reply