भारतमा एकैदिन २ लाख ३३ हजारमा कोरोना संक्रमण

बैशाख ४,काठमाडौँ । भारतमा कोरोनाभाइरसले स्थिति निकै नाजुक बनाएको छ । हरेक राज्य, हरेक शहरमा पहिलो चरणको तुलनामा असाध्यै धेरै संक्रमित भेटिएका छन् । शुक्रबार पहिलो पटक एक दिनमा २ लाख ३३ हजार ७५७ संक्रमित फेला परेका छन् । यतिबेला १ लाख २२ हजार ८३९ बिरामी निको पनि भए । भारतभरि हालसम्म १ करोड ४५ लाख मानिस कोरोनाद्वारा संक्रमित भएका छन् ।

यसका साथै पछिल्लो २४ घण्टामा संक्रमणका कारण १३ सय ३८ ले ज्यान गुमाइसकेका छन् । मृतकको यो संख्या सरकारी हो । शवदाह स्थल, कब्रिस्तानमा योभन्दा थुप्रै गुणा बढी शव पुगेका छन् ।

संम्बन्धित समचार

Leave a Reply