‘द्धन्द्धकालका घटनालाई एउटै डालोमा राखेर हेर्नु हुँदैन’ : डा. शेखर कोइराला

असोज ,काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले द्धन्द्धकालका समयमा भएका गम्भीर प्रकृतीका घटनामा संलग्नलाई कुनै पनि बाहानामा उन्मुक्ति दिन नहुने बताएका छन ।

मंगलबार चितवनको बादरमुडे पुगेका नेता कोइरालाले बाँदरमुडे घटनाका पिडितहरुसँगको भेटमा द्धन्द्धकालका गम्भीर प्रकृतीका घटनामा संलग्नलाई कुनै पनि बाहानामा उन्मुक्ति दिन नहुने जनाएका हुन ।

उनले द्धन्द्धकालका हरेक घटनालाई एउटै डालोमा राखेर तुलना गर्न नहुने समेत बताए । ‘द्धन्द्धकालका घटनालाई एउटै डालोमा राखेर हेर्नु हुँदैन, गम्भीर प्रकृतीका अपराधिक घटनामा संलग्नलाई कार्वाहीको दायरामा ल्याइनु पर्छ,’ उनले भने ।

नेता कोइरालाले शान्ति प्रक्रियाका कतिपय प्रक्रिया निश्कर्षमा पुग्न बाँकी रहेको भन्दै बादरमुडे घटनाका स्थानीय पिडितहरुले न्याय पाउने र कांग्रेस न्यायका पक्षमा रहने आश्वासन दिए ।

उनले बाँदरमुडे घटनाका घाइते सहित पिडित परिवारका सदस्यहरुसँग भेटेर हालको अवस्थाबारे चासो राखेका थिए । सो घटनामा माडीबाट सदरमुकाम भरतपुर आउँदै गरेका ३७ जना नागरिकको ज्यान गएको थियो ।

संम्बन्धित समचार

Leave a Reply