सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार

साउन १८, काठमाण्डौ । पाँच दल आबद्ध सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष, एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चा मिलेर बनेको सत्ता गठबन्धले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेको हो ।

२९ असारमा शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि गठबन्धनमा रहेका दलहरूबीचको सहमतिबाट सरकारका कामकारबाहीलाई सहयोग गर्न भन्दै कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा सात सदस्यीय कार्यदल बनाइएको थियो ।

संम्बन्धित समचार

Leave a Reply