नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्ने

साउन १८, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । बैठक पार्टीभित्रको विवाद, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा केन्द्रित हुने बताइएको छ ।

यसअघि आइतबारको बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका थिए । गौतम पछिल्लो समयमा केन्द्रीय कमिटी बैठकमा सहभागी भए पनि स्थायी कमिटी बैठकमा सहभागी भएका थिएनन् ।

संम्बन्धित समचार

Leave a Reply