कांग्रेस क्रियाशील सदस्यता विवाद, पुरानै सदस्य कायम राख्नुपर्ने पौडेल समूहको दावी

साउन २०, काठमाडौं । नेपाली कांग्रेस क्रियाशील सदस्यता विवाद विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह एक मतसाथ उभिने भएको छ । ठमेलस्थित पूर्वमहामन्त्री प्रकाशमान सिंह निवासमा मंगलबार भएको पौडेल समूह बैठकले नयाँ सदस्यता विवाद देखिएका स्थानमा १३औं महाधिवेशनका पुरानै सदस्यताबाट मात्रै अधिवेशन गर्नेगरी अघि बढ्ने निर्णय गरेको हो ।

पौडेल समूहले नयाँ सदस्यता वितरणका नाममा तल्लो तहबाट सिफारिस नभई प्रक्रियाविपरित सिफारिसबिनै आएका सदस्यतामा धेरै विवाद देखिएको भन्दै प्रक्रियाबिना नै आएका सदस्यता नस्वीकार्ने निर्णय गरेको हो ।

क्रियाशील सदस्यता छानबिन समितिले बुझाएको प्रतिवेदनअनुसार देशभरका १ सय २१ वटा वडाको सदस्यता विवाद स्थगित गरिसकिएको छ भने बारा र सप्तरीमा विवाद भएपछि नयाँ सदस्यता शीर्ष तहको जिम्मामा छाडिएको छ । त्यस्तै, सर्लाही, धनुषा, रसुवा र सिन्धुपाल्चोकका केही निर्वाचन क्षेत्रका नयाँ सदस्यतामा विवाद देखिएको छ ।

 

संम्बन्धित समचार

Leave a Reply