कार्तिक ०८, काठमाडौँ । बोनस शेयर पछि दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार कुमारी बैंक र गुराँस लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको हो ।
यसैक्रममा कुमारी बैंकले शेयरधनीहरुलाई ६ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. २६४.१५ कायम गरिएको छ । यसअघि रु. २८० थियो ।
यता गुराँस लघुवित्तले १६.९० प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. १३४८.०९ कायम गरिएको छ । यसअघि रु. १५७६ थियो ।
समायोजन गरिएको मूल्यबाट आजदेखि नै शेयर कारोबार शुरु हुने नेप्सेले जनाएको छ ।