एसियन युथ पारा गेम्स भोलिदेखि सुरु हुने

मंसिर १५, काठमाडौं । बहराइनको मानामा शहरमा हुने एसियन युथ पारा गेम्स भोलिदेखि सुरु हुने भएको छ ।

एसियन युथ पारा गेम्स २०२१ को मार्च पासमा ओलम्पियन पलेशाले नेपालको राष्ट्रिय झण्डा बोक्ने भएकी हुन् । पलेशासँगै ब्याडमिन्टनका प्रकाश अधिकारी पनि मार्च पासमा सहभागी हुनेछन् । एसियन युथ पारा गेम्समा ४४ देशका १ हजार भन्दा धेरैको सहभागिता रहनेछ ।

नेपालबाट पारा तेक्वान्दो र पारा ब्याडमिन्टन गरी चार खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । पारा तेक्वान्दोबाट पलेशा गोवर्द्धन श्रेष्ठ, सिर्जना घिसिङ र विशाल गर्वुजा तथा पारा ब्याडमिन्टनबाट प्रकाश अधिकारीले प्रतिस्पर्धा गर्नेछन् ।

पारा तेक्वान्दोको प्रशिक्षकमा कविराज नेगी लामा रहेका छन् भने व्यवस्थापक नन्दा बस्याल रहेकी छन् । एसियन युथ पारा गेम्स डिसेम्बर ८ सम्म चल्नेछ ।

संम्बन्धित समचार

Leave a Reply