फर्स्ट माइक्रोफाइनान्सको साधारण सभा सम्पन्न, १०.५३% लाभांश पारित

मंसिर १६, काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्तावित कुल १०.५३ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीले बिहीवार काठमाडौंमा १२ औं वार्षिक साधारण सभा सम्पन्न गरी गत आर्थिक वर्ष २०७७/७८ को लाभांश प्रस्ताव पारित गरेको हो ।

कम्पनीको गत भदौ १९ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । हाल कम्पनीको चुक्तापूँजी रू. ८७ करोड ६८ लाख ११ हजार २०० रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले रू. ९ करोड २२ लाख ९६ हजार बराबरको लाभांश वितरण गर्न लागेको हो ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर ५ गते एक दिन बुक क्लोज गरेकाले मंसिर २ गते बिहीवारसम्म कायम शेयरधनीहरुले कम्पनीको लाभांश प्राप्त गर्न सक्नेछन् । यस वर्ष कम्पनीले हालसम्मकै कम लाभांश वितरण गरेको हो ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको जगेडा कोषमा रू. २८ करोड १ लाख ७१ हजार रहेको छ । उक्त अवधिसम्म कम्पनीले रू. १४ करोड १५ लाख २८ हजार खुद नाफा गरेको छ । चौथो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी रू. १६.१४ र प्रतिशेयर नेटवर्थ रू. १३१.९५ रहेको छ ।

संम्बन्धित समचार

Leave a Reply