हाइटीमा जिउँदै जलाइएका दुई पत्रकारको राष्ट्रसंघद्वारा निन्दा

पुस २५, एजेन्सी । संयुक्त राष्ट्र संघले हाइटीमा एक गिरोहद्वारा जिउँदै जलाइएका दुई पत्रकारको हत्याको निन्दा गरेको संयुक्त राष्ट्र संघका प्रवक्ता स्टेफेन डुजारिकले शुक्रबार पत्रकार सम्मेलनमा बताएका छन् ।

‘कहिलेकाँही तपाईसँग शब्दहरू समाप्त हुन्छन्’ दुजारीकले दुई पत्रकारको हत्यामा टिप्पणी गर्न सोध्दा भने । ‘हामी यस वीभत्ष हत्याको स्पष्ट रूपमा निन्दा गर्छौं । यो धेरै महत्त्वपूर्ण छ कि राष्ट्रिय अधिकारीहरूले अपराधीहरूलाई पत्ता लगाउन, उनीहरूलाई न्यायको कठघरामा ल्याउन सक्दो गर्नुपर्दछ,’ डुजारिकले थपे ।

हाइटी २४ समाचार आउटलेटले जनाएअनुसार दुई पत्रकारहरू एक आपराधिक समूहका सशस्त्र सदस्यहरूबाट गोली हानिएका थिए । अर्का एक पत्रकार भने हमला भएको स्थानबाट भाग्न सफल भएको रिपोर्टले जनाएको छ ।

हाइटीले लामो समयदेखि गरिबी, गिरोह हिंसा र राजनीतिक संकटको सामना गरिरहेको छ । सन् २०२१ को जुलाईमा राष्ट्रपति जोभेनेल मोइसको हत्यापछि राजनीतिक संकट गहिरिदै गएको छ ।

संम्बन्धित समचार

Leave a Reply