इंग्लीस प्रिमियर लिगः क्रिस्टलसँग ब्राइटनको बराबरी

माघ १, एजेन्सी । इंग्लीस प्रिमियर लिग फुटबल अन्तर्गत ब्राइटन एन्ड होभ आल्बिओनले क्रिस्टल प्यालेससँग बराबरी खेलेको छ । आठौं स्थानको ब्राइटनले ११ औ स्थानको क्रिस्टल प्यालेसँग १–१ को बराबरी खेलेको हो ।

कोनोर गालाघेरले ६९ औ मिनेटमा गोल गर्दै क्रिस्टललाई अग्रता दिलाएका थिए । तर ८७ औ मिनेटमा क्रिस्टलका जोअचिम एन्डरसेनले आत्मघाती गोल गरेपछि खेल बराबरीमा टुंगिएको थियो ।

क्रिस्टलका गोलरक्षक ज्याक बटल्यान्डले खेलको ३८ औ मिनेटमा पेनाल्टी बचाएका थिए । पास्कल ग्रोसले गरेको प्रहार बटल्यान्डले बचाउदै क्रिस्टललाई हारबाट जोगाएका थिए ।

बराबरीसँगै बांइटनले २० खेलमा २८ अंक जोडेको छ भने क्रिस्टलले २१ खेलमा २४ अंक जोडेको छ ।

संम्बन्धित समचार

Leave a Reply