मधेश प्रदेशसभाको बैठक २२ गतेसम्मका लागि स्थगित

फागुन १०, काठमाडौं । मधेश प्रदेशको आज बस्ने प्रदेशसभा बैठक २२ गतेसम्मका लागि स्थगित गरिएको छ । सभामुख सरोजकुमार यादव काठमाडौंमा रहेकोले आज बोलाइएको बैठक स्थगित गरिएको मधेश प्रदेशका उपसभामुख उपमाकुमारी देवले जानकारी दिइन् ।

आजको बैठकमा प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमाथि छलफल गर्न बैठक बोलाइएको थियो । त्यस्तै आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह पारिवारिक भ्रमणमा भारत गएपछि बैठक पछि सारिएको हो ।

मन्त्री यादव आफैँ प्रस्तावक भएकाले संकल्प प्रस्तावका बारेमा भएका छलफल सुन्नुपर्ने र जवाफ दिनुपर्ने भएकोले बैठकलाई स्थगित गरिएको जनाइएको छ । मन्त्री साहले गत २६ माघमा पेस गरेको सो प्रस्ताव बारेमा छलफल गर्न प्रदेशसभाको बैठक आज अपराह्न २ बजेका लागि बोलाइएको थियो ।

गत १ फागुनमा सो विषयमा छलफल गर्ने भनिए पनि प्रावधिक कारण देखाउँदै स्थगित भएको बैठक कार्यसूचीमा छलफल ९ दिनपछि पुनः सुरु हुने तय भएको थियो ।

संम्बन्धित समचार

Leave a Reply