युक्रेनमा रहेका नेपालीलाई स्लोभाकिया, पोल्याण्ड वा हंगेरीतर्फ जान आग्रह

फागुन १४, काठमाडौं । जर्मनीस्थित नेपाली दूतावासले युक्रेनमा रहेका नेपालीहरू सुरक्षित रहेको जनाएको छ । युक्रेनसमेत हेर्दै आएको बर्लिनस्थित नेपाली दूतावासले शुक्रवार विज्ञप्ति जारी गर्दै हालसम्म १९३ जना नेपाली सम्पर्कमा आएको उल्लेख गरेको छ ।

युक्रेनमा २०० भन्दा बढी नेपाली रहेको दूतावासको अनुमान छ । युक्रेनमा रहेका नेपालीहरूलाई स्लोभाकिया, पोल्याण्ड वा हंगेरीतर्फ जान पनि राजदूतावासले अनुरोध गरेको छ । युक्रेनसँग सिमाना जोडिएका स्लोभाकिया, पोल्यान्ड र हंगेरीले सीमा नाका खुला गरेकाले सुरक्षित तरिकाले नेपाल फर्कनको लागि ती देशतर्फ जान सकिने पनि दूतावासले जनाएको छ ।

सीमा नाकामा प्रवेश गर्न परिचय खुल्ने कागजात वा यात्रा अनुमतिपत्र तत्काल आवश्यक परेमा राहदानीको फोटोकपी र फोटो दूतावासको ठेगानामा पठाउन पनि आग्रह गरिएको छ । युक्रेनको पछिल्लो घटनाक्रमबारे नियमित जानकारी राख्न र आवश्यक परेमा नेपाली दूतावासमा सम्पर्क गर्न पनि भनिएको छ ।

संम्बन्धित समचार

Leave a Reply