टी–ट्वान्टी विश्वकपमा पुग्न नेपाल असफल

फागुन १०, काठमाडौँ । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गतको ग्लोबल छनोट ए को सेमिफाइनलमा नेपाल युएईसँग ६८ रनले पराजित भएको छ । नेपाल पराजित भएसँगै अष्ट्रेलियामा आयोजना हुने टी–ट्वान्टी विश्वकप क्रिकेटमा छनोट हुन असफल भएको छ । नेपालले सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टी-ट्वान्टी विश्वकप खेलेको थियो । त्यसयता नेपाल छनोटमा असफल हुँदै आईरहेको छ । नेपाललाई हराउँदै युएई भने छनोटको फाइनलमा प्रवेश गरेको छ । र, अष्ट्रेलियामा आयोजना हुने विश्वकपमा छनोट भएको छ । युएईले फाइनलमा आयरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । ओमानको अल अमेरातमा युएईले दिएको १ सय…

पुरा पढ्नुहाेस्

इङ्ल्याण्ड र अष्ट्रेलिया सेमिफाइनलमा, दक्षिण अफ्रिका बाहिरियो

कार्तिक २१, एजेन्सी । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा समूह वानबाट इङ्ल्याण्ड र अष्ट्रेलिया सेमिफाइनल प्रवेश गरेको छ । दक्षिण अफ्रिका भने समूह चरणबाटै बाहिरिएको छ । इङ्ल्याण्ड र अष्ट्रेलिया क्रमश समूह विजेता र उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेका हुन् । समूह चरणको अन्तिम खेलमा शनिबार इङ्ल्याण्डलाई १० रनले पराजित गरेपनि नेट रनरेटका आधारमा अफ्रिकी टिम विश्वकपबाट बाहिरिएको हो । समूहमा इङ्ल्याण्ड, अष्ट्रेलिया र साउथ अफ्रिकाले समान ८ अंक जोडेका थिए । तर नेट रनरेटमा अफ्रिकी टिम भन्दा इङ्ल्याण्ड र अष्ट्रेलिया अघि रहे । दक्षिण अफ्रिकाविरुद्ध १ सय ९० रनको…

पुरा पढ्नुहाेस्

टी–ट्वान्टी विश्वकपः वेस्ट इन्डिज पहिलो चरणबाटै बाहिरियो

कार्तिक १९, काठमाडौं । वेस्ट इन्डिज टी–ट्वान्टी विश्वकप क्रिकेटको पहिलो चरणबाटै बाहिरिएको छ । बिहीबारको खेलमा वेस्ट इन्डिज श्रीलंकासँग २० रनले पराजित हुँदा प्रतियोगिताबाट बाहिरिएको हो । सन् २०१६ को विश्वकप क्रिकेटको उपाधि जित्न सफल वेस्ट इन्डिज पहिलो चरणबाटै बाहिरिएको हो । शेख जायद क्रिकेट स्टेडियममा श्रीलंकाले दिएको १९० रनको लक्ष्य वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर मात्र १६९ रन बनायो । वेस्ट इन्डिजका लागि सिमरन हेटमायरले ८१ रनको अर्धशतकीय पारी खेले । ५४ बल खेलेका उनले ८ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै निकोलश पुरानले…

पुरा पढ्नुहाेस्

भारतको पहिलो जितसँगै सेमिफाइनलको सम्भावना जिवितै

कार्तिक १८, काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा भारतले पहिलो जित निकालेको छ । बुधबार अफगानिस्तानलाई ६६ रनले हराउँदै भारतले तीन खेलमा पहिलो जित निकालेको हो । तीन खेल खेलेको भारत यो जितपछि दुई अंक जोड्दै चौथो स्थानमा उक्लेको छ । जितसँगै भारतले सेमिफाइनलको सम्भावना जिवितै राखेको छ । भारत पहिलो खेलमा पाकिस्तान र दोस्रो खेलमा न्यूजिल्यान्डसँग पराजित भएको थियो । चार खेल खेलेको अफगानिस्तान दोस्रो हारपछि चार अंकसहित तेस्रो स्थानमा छ । यसअघि अफगानिस्तानले पाकिस्तानसँग हारेको थियो भने स्कटल्यान्ड र नामिवियालाई हराएको थियो । अफगानिस्तानले अब न्युजिल्याण्डसँग खेल्न बाँकी…

पुरा पढ्नुहाेस्

टी-ट्वान्टी विश्वकपः इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश

कार्तिक १६, काठमाडौं । इंग्ल्यान्ड आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । सारजाहमा सोमबार राति भएको खेलमा श्रीलंकालाई २६ रनले हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा पुगेको हो । इंग्ल्यान्डले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १९ ओभरमा अलआउट हुँदै १ सय ३७ रन मात्र बनाउन सक्यो । श्रीलंकाका लागि वाविन्दु हसरंगा डी सिल्भाले सर्वाधिक ३४ रन बनाए । कप्तान डसुन शनकाले २६ रन जोडे । यस्तै भानुका राजपाक्षेले २६ रन जोड्दा चारिथ असलंकाले २१ रन बनाए । अभिस्का फर्नान्डो १३ रनमा आउट भए । इंग्ल्यान्डका आदील राशिद, मोइन अली…

पुरा पढ्नुहाेस्

पाकिस्तानको लगातार तेस्रो जित

कार्तिक १३, काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानले लगातार तेस्रो जित निकालेको छ । दुबईमा शुक्रबार राति भएको खेलमा अफगानिस्तानलाई ५ विकेटले हराउँदै पाकिस्तानले तेस्रो जित निकालेको हो । अफगानिस्तानले दिएको १ सय ४८ रनको लक्ष्य पाकिस्तानले १८ ओभर ६ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा कप्तान बाबर आजमले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै विस्फोटक ब्याटिङ गरेका आसिफ अलीले ७ बलमा अविजित रहदै २५ रन बनाए । उनले एकै ओभरमा ४ छक्का प्रहार गरे । त्यस्तै फखर जमानले २० रन जोडे । सोयब मलिकले…

पुरा पढ्नुहाेस्

टी-ट्वान्टी विश्वकप क्रिकेटः पाकिस्तानको लगातार दोस्रो जित

कार्तिक १०, काठमाडौं । पाकिस्तानले आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । सारजाहमा मंगलबार राति भएको खेलमा न्युजिल्याण्डलाई ५ विकेटले पराजित गर्दै पाकिस्तानले लगातार दोस्रो जित निकालेको हो । यस अघि पहिलो खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो । न्युजिल्याण्डले भने हारबाट विश्वकपको सुरुआत गरेको छ । न्युजिल्याण्डले दिएको १ सय ३५ रनको लक्ष्य पाकिस्तानले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । पाकिस्तानको जितमा मोहमद रिजवानले ३३ रन जोडे । यस्तै शोयब मलिक र आसिफ अलीले अविजित रहदै समान २७ रन बनाए…

पुरा पढ्नुहाेस्

टी–ट्वान्टी विश्वकप क्रिकेटः भारतमाथि पाकिस्तानको ऐतिहासिक जित

कार्तिक ०८, काठमाडौं । पाकिस्तानले आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा भारतलाई पराजत गरेको छ । दुबईमा आइतबार राति चिरपरिचित प्रतिद्वन्दी भारतलाई १० विकेटले हराउँदै पाकिस्तानले सुखद सुरुआत गरेको हो । यससँगै पाकिस्तानले विश्वकपमा भारतमाथि पहिलो पटक ऐतिहासिक जित निकालेको छ । यस अघि पाकिस्तानले विश्वकपमा भारतलाई हराउन सकेको थिएन । यस्तै भारत पहिलो पटक टी-ट्वान्टी अन्तराष्ट्रियमा १० विकेटले पराजित भएको छ । भारतले दिएको १ सय ५२ रनको लक्ष्य पाकिस्तानले १७ ओभर ५ बलमा बिना विकेटको क्षतीमा पूरा गर्यो । पाकिस्तानको जितमा कप्तान बाबर आजम र मोहमद रिजवानले अर्धशतकीय इनिङ्स खेले…

पुरा पढ्नुहाेस्

आयरल्याण्डलाई हराउँदै श्रीलंका सुपर १२ मा प्रवेश

कार्तिक ०४, काठमाडौं । श्रीलंकाले युएई र ओमानमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । आबुधाबीमा बुधबार राति आयरल्याण्डलाई ७० रनले पराजित गर्दै श्रीलंकाले लगातार दोस्रो जित निकालेको हो । श्रीलंकाले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड १८ ओभर ३ बलमा अलआउट हुँदै १ सय १ रनमा समेटियो । आयरल्याण्डका लागि कप्तान एन्डी बलब्रिनीले ४१ रन बनाए । यस्तै कर्टिस क्याम्फरले २४ रन जोड्दा आउट भए । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । आयरल्याण्डलाई सस्तैम समेट्न श्रीलंकाका महेश थिकसानाले ३ विकेट लिए…

पुरा पढ्नुहाेस्

टी-ट्वान्टी विश्वकप क्रिकेटः बंगलादेशको पहिलो जित

कार्तिक ०३, काठमाडौं । बंगलादेशले आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा पहिलो जित निकालेको छ । ओमान क्रिकेट एकेडेमीमा मंगलबार राति भएको खेलमा ओमानलाई २६ रनले पराजित गर्दै बंगलादेशले पहिलो जित निकालेको हो । बंगलादेशले दिएको १ सय ५४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको ओमानले २० ओभरमा ९ विकेट गुमाएर १ सय २७ रन मात्र बनाउन सक्यो । ओमानका लागि जतिन्दर सिंहले सर्वाधिक ४० रन बनाए । कश्यप प्रजापतिले २१ रन जोड्दा कप्तान जिसन मक्सुदले १२ रन बनाए । मोहमद नादिम १४ रनमा अविजित रहे । ओमानलाई सस्तैमा समेट्न बंगलादेशका मुस्ताफिजुर रहमानले…

पुरा पढ्नुहाेस्