आन्तरिक माग घट्दा ८०० मेगावाट विद्युत खेर गयो

असोज १९, काठमाडौं । दसैंको वेला विद्युतको माग ह्वात्तै घट्दा दैनिक करिब ८०० मेगावाट विद्युत खेर गइरहेको छ । दसैंमा सबै उद्योग कलकारखाना बन्द र निरन्तर पानी पर्दा चिसो बढ्दा देशभित्र विद्युतको माग घटेको छ । हाल नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका विद्युत गृहबाट पूर्ण क्षमतामा विद्युत उत्पादन हुने भएकोले दैनिक करिब ८०० मेगावाटको विद्युत खेर गइरहेको हो । प्राधिकरणका अनुसार राति दैनिक ७ सयदेखि ८ सय मेगावाटसम्म र दिउँसो ४ सयदेखि ५ सय मेगावाट विद्युत खेर गइरहेको छ । प्राधिकरणले दैनिक रुपमा करिब ४ सय मेगावाट विद्युत भारतमा…

पुरा पढ्नुहाेस्

१५ दिनभित्र सडक बत्तीको बक्यौता नतिरे सेवा बन्द गर्ने चेतावनी

फागुन ८, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले १५ दिनभित्रमा सडक बत्ती जडान गरेको बक्यौता नतिरे स्थानीय तह र उपभोक्ताहरूको विद्युत सेवा बन्द गर्ने चेतावनी दिएको छ । प्राधिकरणले आइतबार एक सूचना जारी गरी यो समयसम्म बाँकी सबै भुक्तानी नगरे सेवा बन्द गर्ने जानकारी दिएको हो । ‘प्राधिकरणबाट स्वीकृत लिई महानगरपालिका,उप(महानगरपालिका,नगरपालिका तथा गाउँपालिका वा उपभोक्ताहरुले जडान गरेका सडक बत्तीहरुको बक्यौता तिर्न आनाकानी गरेका छन,’सूचनामा उल्लेख छ । केही स्थानीय तहहरुले मासिक विद्युत बिल तिर्न समर्थन समेत नगरेको प्राधिकरणले जनाएको छ ।

पुरा पढ्नुहाेस्

गर्जाङ–खिम्ती प्रसारण लाइनको संचालन अवधि धकेलियो

माघ २८, काठमाडौँ । निर्माणाधीन १३२ केभी गर्जाङ–खिम्ती प्रसारण लाइन सम्पन्न भई सञ्चालनमा आउने तालिका फेरि २ महिना धकेलिएको छ । गत पुसमा नै सबै काम सम्पन्न भई सञ्चालनमा आउनु पर्ने ३२ किलोमिटर लामो प्रसारण लाइनको तालिका चैतमा सरेको हो । नेपाल विद्युत प्राधिकरणले प्रसारण लाइनको करिब ८० प्रतिशत निर्माण सम्पन्न गरेको छ । प्रसारण लाइनको १०५ मध्ये १०३ वटा टावर ठड्याउने काम सम्पन्न भएको आयोजना प्रमुख प्रनिल पराजुलीले बताए । प्रसारण लाइनको रुटमा ठाउँ–ठाउँमा स्थानीय अवरोध भएका कारण लक्ष्यअनुसार काम गर्न नसक्दा समय लागेको उनले बताए । आयोजना धेरै…

पुरा पढ्नुहाेस्

सरकारले विद्युत व्यापार कम्पनी स्थापना गर्ने

पुस ९, काठमाडौं । सरकारले विद्युत व्यापार कम्पनी खडा गर्ने निर्णय गरेको छ । उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले विद्युत व्यापार कम्पनी खडा गरेको जानकारी दिएकी हुन् । उनले नेपाल विद्युत प्राधिकरणको सबैभन्दा धेरै शेयर भएको र अन्य विद्युत उत्पादन कम्पनी र विद्युत विकास लगानी तथा विकास कम्पनी लिमिटेड ९एचआईडिसीएल०सँग वित्तीय कारोवार गर्ने समेतको सेयरबाट लाइसेन्स लिएको बताइन् । मन्त्री भुसालले निजी क्षेत्रले पनि यसमा चासो दिएकाले त्यसअनुसारको नै कार्यविधि बनाइरहेको बताइन् । उनले अब विद्युत व्यापार लाइसेन्स जलविद्युतको…

पुरा पढ्नुहाेस्

अब घरभाडामा बस्नेले छुट्टै मिटर राख्न पाउने

पुस ९, काठमाडौँ । अब घरभाडामा बस्नेले पनि छुट्टै मिटर राख्न पाउने भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले घरभाडामा बस्नेले पनि छुट्टै मिटर लिएर ग्राहक बन्न सक्ने जनाएको छ । मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उर्जामन्त्री पम्फा भुसालले अब घरभाडामा बस्नेले पनि प्राधिकरणको छुट्टै मिटर लिइ ग्राहक बन्न सक्ने बताएकी हुन् । विद्युत वितरण विनीयमावली २०६९ लाई परिवर्तन गरेर ग्राहकमैत्री विद्युत वितरण बिनियमावली बनाइएको मन्त्री भुसालले जानकारी दिइन् । मन्त्री भुसालले भनिन्, ‘अब घरभाडामा बस्नेले पनि प्राधिकरणको छुट्टै मिटर लिइ ग्राहक बन्न सक्ने र अपार्टमेन्ट तथा कोलनीमा बस्नेले…

पुरा पढ्नुहाेस्

विद्युत प्राधिकरणले थप ५ सय चार्जिङ स्टेसन बनाउने

असोज ९, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशभर ५ सय चार्जिङ स्टेसन बनाउने भएको छ । प्राधिकरणले विभिन्न निजी र सार्वजनिक संस्थाहरुसंग मिलेर ५ सय स्टेशन बनाउने जनाएको हो । प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै सरकारले विद्युतीय सवारी साधन प्रवद्र्धन गर्ने उद्देश्यले यस वर्ष देशभरका विभिन्न निजी संस्थाहरुसँग मिलेर ५ सय वटा चार्जिङ स्टेसन निर्माण गर्ने कार्यक्रम तय गरेको जनाएको छ । प्राधिकरणले आवश्यकता अनुसार देशभरका राजमार्ग, बसपार्क, सपिङ मल, सिनेमा भवन, शिक्षण संस्था, अस्पताल, रेष्टुरेन्ट एवं अन्य सार्वजनिक स्थलमा चार्जिङ स्टेसन निर्माण गर्न इच्छुक निजी तथा सार्वजनिक संस्थानसँग…

पुरा पढ्नुहाेस्

बिहारलाई मौसमी विद्युत आदान/प्रदान गर्न प्राधिकरणको प्रस्ताव

भदौ २७, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतको बिहार राज्य सरकारसँग मौसमी विद्युत आदान–प्रदानको प्रस्ताव राखेको छ । देशकै ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना सञ्चालनमा आएपछि बर्खाको विद्युत खेर जाने अवस्था आएपछि बजार व्यवस्थापनका लागि भारत गएको प्राधिकरण टोलीले बिहार स्टेट पावर होल्डिङ कम्पनीसँग पारस्परिक मौसमी विद्युत आदान–प्रदानको प्रस्ताव गरेको हो । बर्खाको ६ महिना माथिल्लो तामाकोसीसहित निजी क्षेत्रका जलविद्युतगृहले उत्पादन गरेर स्वदेशमा खपत नभएको विद्युत बिहार पठाउने र हिउँदका ६ महिना उताबाट विद्युत आयात गरी माग व्यवस्थापन गर्न पारस्परिक विद्युत आदान–प्रदानको प्रस्ताव त्यहाँको कम्पनीसँग गरेको प्राधिकरणका कार्यकारी…

पुरा पढ्नुहाेस्