अर्जुन राज खनियालाई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा

बैशाख १४, काठमाण्डौँ । यस एन आई सी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत रहेका अर्जुन राज खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको छ । सन् २००४ देखि बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका खनियाले बैंकका विभिन्न शाखाहरु, विभागहरु एवम् इकोसिस्टमहरुमा काम गरी २० वर्ष भन्दा लामो अनुभव संगालेका छन् । सन् २००४ मा नेपाल बैंक लिमिटेडमा आन्तरीक लेखापरीक्षकको रुपमा नायब प्रबन्धकमा नियुक्त भएर वाणिज्य बैंकको यात्रा सुरु गरेका खनियाले सन् २०१० मा तत्कालिन बैंक अफ एशिया नेपाल लिमिटेडमा शाखा प्रमुखको रुपमा नियुक्त भएका थिए ।

पुरा पढ्नुहाेस्

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

बैशाख १४, काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठ तथा निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरेको मुद्दामा मिसिल झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ । रेशमले दायर गरेको सो मुद्दामाथि सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीशद्धय बालकृष्ण ढकाल र विनोद शर्माको संयुक्त इजलासले सो आदेश जारी गरेको हो । टीकापुरमा सम्पन्न पहिलो महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका रेशम चौधरीलाई निर्वाचन आयोगले वैधानिकता दिन अस्वीकार गरेको थियो ।

पुरा पढ्नुहाेस्

उपनिर्वाचनको दिन पनि सार्वजनिक सवारी चल्ने

बैशाख १४, काठमाडौँ । उपनिर्वाचनका दिन पनि सार्वजनिक सवारी साधन सञ्चालन हुने भएका छन् । निर्वाचन आयोगले आज सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको हो । भोलि इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ ९क० उपनिर्वाचन हुँदैछ । यसअघि गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरूलाई निर्वाचनका दिन पनि सार्वजनिक सवारी साधन चलाउन निर्देशन दिएको थियो । मतदाताको सहज आवागमनका लागि सार्वजनिक सवारी चलाउन दिइने निर्णय भएको आयोगले जनाएको छ ।

पुरा पढ्नुहाेस्

धरौटी बुझाएर छुटेलगत्तै दीपेश पुन फेरि पक्राउ

बैशाख १४, रुपन्देही । सहकारी प्रकरणमा धरौटी बुझाएर रिहा हुनुभएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन फेरि पक्राउ परेका छन् । आज धरौटी बुझाएर छुटेलगत्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले फेरि पक्राउ गरेको हो । वैशाख ७ गते रुपन्देही जिल्ला अदालतले दीपेशलाई ४ लाख रूपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । धरौटी बुझाएर छुट्दा फेरि सुन प्रकरणमा सीआईबीले पक्राउ गर्ने सूचना पाएपछि दीपेश चलाखीपूर्वक धरौटी नबुझाई थुनामै बसेका थिए । तर उले आज धरौटी बुझाएर रिहा भएलगत्तै सीआईबीले पक्राउ गरेको हो । दीपेशको नाम सुन तस्करी प्रकरणमा पनि मुछिएको…

पुरा पढ्नुहाेस्

भारतद्वारा चितवनमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण

बैशाख १४,काठमाडौँ । नेपाल–भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको नेरु. ३.६७४ करोड आर्थिक सहयोगमा चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको ‘The Embankment and Launching Apron Dhungre Khola River Training Works’ परियोजनाको आज खैरहनी नगरपालिकाका मेयर शशी कुमार खनिया र भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव अविनाश कुमार सिंहले संयुक्त रुपमा उद्घाटन गरेका छन् । उक्त कार्यक्रममा जनप्रतिनिधि, सरकारी अधिकारी, परियोजना उपभोक्ता समितिका प्रतिनिधि र समाजसेवीको पनि उपस्थिति रहेको थियो । नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग स्थानीय समुदायका मानिसहरुका लागि भनेर चितवनको खैरहनी नगरपालिकामा पर्ने ढुङ्ग्रे खोलामा तटबन्ध र खोलाको…

पुरा पढ्नुहाेस्

फरवार्ड माइक्रोफाइनान्सको नाफामा १६७ प्रतिशतको उछाल

बैशाख १४,काठमाडौँ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार लघुवित्तको नाफामा उल्लेख्य बृद्धि देखिएको छ । समिक्षा अवधिमा लघुवित्तले ११ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १६७.१६ प्रतिशतले बढि हो । लघुवित्तले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ४ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी पनि ६.१६ प्रतिशतले बढेको छ त्यस्तै लघुवित्तको खुद सञ्चालन आम्दानी…

पुरा पढ्नुहाेस्

भारतमा दोस्रो चरणको मतदान आज हुँदै

बैशाख १४,काठमाडौँ । भारतमा सङ्घीय संसदको तल्लो सदन लोकसभा चुनाव अन्तर्गत दोस्रो चरणको मतदान आज हुँदैछ । आज १२ राज्य र केन्द्रशासित एक प्रदेशका गरी कुल ८८ सिटका लागि मतदान शुरु भएको छ । यसका लागि एक हजार दुई सय १० उम्मेदवार प्रतिस्पर्धामा छन् । अघिल्लो चुनावमा बीजेपीले ५५ र कांग्रेसले १८ सिट जितेका थिए । कांग्रेस नेता राहुल गान्धी लगातार दोस्रो कार्यकालका लागि निर्वाचित हुन प्रतिष्पर्धा गरिरहेको केरलाको वायनाड निर्वाचन क्षेत्रमा पनि आजै मतदान हुने बीबीसी हिन्दीले जनाएको छ । केरलाका सबै २० सिटका लागि आज मतदान हुनेछ ।…

पुरा पढ्नुहाेस्

सुनको भाउ बढ्यो

बैशाख १४,काठमाडौँ । सुनको भाउ आज तोलामा एक हजार चार सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको एक लाख ३७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ३५ हजार आठ सय रुपैयाँ रहेको थियो । त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा २० रुपैयाँले बढेर एक हजार छ सय ७५ रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार छ सय ५५ रुपैयाँ थियो ।

पुरा पढ्नुहाेस्

६ जना एसएसपीको सरुवा, रजौरेलाई काठमाडौं प्रमुखको जिम्मेवारी

बैशाख १४,काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ६ जना एसएसपीको सरुवा गरेका छन् । काठमाडौं जिल्ला प्रहरी परिसरका एसएसपी भुपेन्द्र खत्रीलाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ । विभागमा रहेका बसन्त रजौरेलाई काठमाडौं प्रमुखको जिम्मेवारी दिएका छन् । उपत्यका अपराध कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठोरलाई राष्ट्रिय सुरक्षा परिषद्मा सरुवा गरिएको छ भने परिषद्मा रहेका सानुराम भट्टराई, राठोरको स्थानमा आएका छन् ।प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयका एसएसपी अभयनारायण काफ्लेलाई कोशी प्रदेश तालिम निर्देशनालयमा पठाइएको छ । कोशीमा रहेका एसएसपी राजन अधिकारीलाई हेडक्वार्टरको तालिम निर्देशनालयमा ल्याइएको छ ।

पुरा पढ्नुहाेस्

२८ जना सहसचिवहरुको सरुवा ! हेर्नुस्, कसको कहाँ भयो सरुवा ?

बैशाख १४,काठमाडौँ । सरकारले २८ जना सहसचिवहरुको सरुवा गरेको छ । सहसचिव देवराज जोशीसहित २८ जना सहसचिवको सरुवा भएको हो । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले २८ जना सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै भरतपुर र ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पनि परिवर्तन भएका छन् । ललिलतपुरका वीरेन्द्रदेव भारती भरतपुरमा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी रेखा दासको ललितपुर महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएको छ । यसबाहेक अन्य मन्त्रालय र प्रदेश मन्त्रालयका विभिन्न पदका सहसचिवहरुको पनि अन्तरमन्त्रालय सरुवा पनि भएको छ ।

पुरा पढ्नुहाेस्