अब चीनमा नेपाली नागरिकहरूले नि:शुल्क प्रवेश आज्ञा पाउने

बैशाख १६, काठमाडौँ । चीन भ्रमणमा जाने नेपाली नागरिकहरूले निशुल्क प्रवेश आज्ञा पाउने भएका छन् । नेपालीहरूले प्रवेश आज्ञा लिएवापत रकम तिर्न नपर्ने भएको हो । चिनियाँ दूतावासले नेपाली नागरिकहरूले चीन भ्रमण गर्दा निशुल्क प्रवेश आज्ञा पाउने जनाएको छ । यद्यपि निश्चित सर्भिस चार्ज भने लाग्नेछ । चिनियाँ दूतावासका अनुसार मे १ देखि यो नियम लागू हुनेछ । नेपाल र चीनबीचको मित्रतालाई बढवा दिन निस्शुल्क भिसा प्रणाली लागू गरिएको नेपाली दूतावासले जनाएको छ । नेपाल सरकारले भने चिनियाँ नागरिकहरूलाई १५० दिनको भिसानिशुल्क उपलब्ध गराउँदै आएको छ ।

पुरा पढ्नुहाेस्

वेस्ट इन्डिज ‘ए’ विरुद्ध सागर ढकालले लिए एकै ओभरमा दुई विकेट

बैशाख १६, काठमाडौँ । वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालले दोस्रो विकेट लिएको छ । नेपालका सागर ढकालले वेस्ट इन्डिजका उपकप्तान एलिक अथान्जे र जोनसन चार्ल्सलाई आउट गराएका हुन् । २।२ ओभरमा अथान्जे ढकालको बलबाट कुशल मल्लले क्याच आउट गराएका हुन् । २.५ ओभरमा चार्ल्स भने बोल्ड आउट भएका हुन् । वेस्ट इन्डिज ‘ए’ले २ ओभरको समाप्तिमा २ विकेटको क्षतिमा १८ रन बनाएर खेलिरहेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा वेस्ट इन्डिजले टस जितेर पहिले ब्याटिङ रोजेको हो । आइसिसी टि–ट्वान्टी विश्वकप २०२४ को तयारी स्वरुप नेपालले वेस्ट इन्डिजको ‘ए’टोलीसँग खेल्न…

पुरा पढ्नुहाेस्

बझाङमा दिउँसो १ बजेबाट मतगणना सुरू गर्ने सहमति

बैशाख १६, बझाङ । बझाङ प्रदेशसभा १ १ को उपनिर्वाचनको मतगणना आज दिउँसो १ बजेबाट सुरू हुने भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकले १ बजेबाट मतगणना गर्ने सहमति गरेको हो ।

पुरा पढ्नुहाेस्

काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु, ५५ देशबाट प्रतिनिधी सहभागी

बैशाख १६, काठमाण्डौँ । काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु भएको छ । दुई दिनसम्म चल्ने यो सम्मेलन लगानीकर्ताका लागि महत्वपूर्ण अवसर रहेको अर्थमन्त्री वर्षमान पुनले बताए । यस सम्मेलनमा विभिन्न चरणमा रहेका धेरै परियोजनाहरु शोकेसमा राखिएको उनले बताए । सम्मेलनको प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले गरेका हुन् । उद्घाटन कार्यक्रममा सहभागीलाई स्वागत गर्दै अर्थमन्त्री पुनले नेपाल लगानीका लागि उपयुक्त मुलुक रहेको उल्लेख गरे । विभिन्न ५५ देशका लगानीकर्ता सम्मेलनमा सहभागी भएका छन् । सम्मेलनमा नेपालका तीन सय ८५ जनाको सहभागिता भएका छन् ।

पुरा पढ्नुहाेस्

गुल्मीमा मलामी चढेको जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, १२ घाइते

बैशाख १६, गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा १२ जना घाइते भएका छन् । लिम्घाको मौरीओडारस्थित शाहाघाट लिम्घा भित्री सडकखण्डमा रुद्रवेणीबाट मलामी लिएर लिम्घातर्फ फर्किरहेको लु१च ४३२० नम्बरको जिप गएराति दुर्घटना हुँदा स्थानीय ७५ वर्षीय मनबहादुर फुम्जालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शङ्कर पोख्रेलले जानकारी दिए ।

पुरा पढ्नुहाेस्

उपनिर्वाचन : इलाम-२ मा मतगणना ११ बजेदेखि सुरु हुने

बैशाख १६, इलाम । इलाम २ मा ११ बजेदेखि मतगणना सुरु हुने भएको छ । गौतम बुद्ध सभागृह सिटी हलमा सरोकारवाला निकायसहित बसेको सर्वदलीय बैठकले ११ बजेदेखि मतगणना गर्ने सहमति गरेको हो ।प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मतगणनाका क्रममा आउनसक्ने समस्या समाधानका लागि सबै दल र स्वतन्त्र उम्मेदवारबीच सहमति भएपछि मतगणना सुरु गर्ने निर्णय भएको बताए । निर्वाचन आचारसंहिता र मतगणनासम्बन्धी कार्यविधिलाई टेकेर सहमति गराइएको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।शनिबार सबै मतपेटिका नआइपुगेका कारण सर्वदलीय बैठक आज बसेको हो ।

पुरा पढ्नुहाेस्

काठमाडौं उपत्यकाको मातातीर्थ सबस्टेसनको उद्घाटन आज गरिँदै

बैशाख १६, काठमाडौँ । काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ सबस्टेसन र मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइनको आज उद्घाटन हुँदैछ । काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा दिउँसो तीन बजे आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबस्टेसन र प्रसारण लाइन उद्घाटन गर्न लागेका हुन् ।

पुरा पढ्नुहाेस्

इलाम–२ मा सर्वपक्षीय बैठक सुरू, केहीबेरमा मतगणना हुँदै

बैशाख १६, काठमाण्डौँ । प्रतिनिधि सभा उपचुनावअन्तर्गत् इलाम—२ को मतगणनाका लागि सर्वपक्षीय बैठक भर्खरै सुरू भएको छ ।राजनीतिक दलका उम्मेद्वार र प्रतिनिधिहरू, स्वतन्त्र उम्मेद्वार र प्रतिनिधिहरूसहितको बैठक भर्खरै सुरू भएको हो । बैठकपछि मतगणना सुरू हुने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । शनिबार भएको चुनावमा मतमेटिका ल्याउन ढिलाइ भएपछि अहिले बिहानबाट मतगणना हुन लागेको हो ।

पुरा पढ्नुहाेस्

मुखियापट्टी मुसहरनिया गाउँपालिका बन्यो पुर्ण खोपयुक्त पालिका

बैशाख १६, काठमाण्डौँ । मुखियापट्टी मुसहरनिया गाउँपालिकाको आयोजनामा पूर्ण खोप गाउँपालिका घोषणा कार्यक्रम सम्पन्न भएको छ । “पूर्ण खोप घोषणा हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ मुखियापट्टी मुसहरनिया गाउँपालिकालाई पूर्ण खोप गाउँपालिका घोषणा गरिएको हो । मुखियापट्टी मुसहरनिया गाउँपालिका अध्यक्ष जय कुमार यादवको अध्यक्षता रहेको उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा जिल्ला खोप समन्वय समिति अध्यक्ष एवं जिसस प्रमुख राजनन्दन महतो रहेका थिए । कार्यक्रममा जनस्वास्थ अधिकृत उमेश यादव, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरी,उपाध्यक्ष सैदा खातुन,गाउँपालिकाका अन्य निर्वाचित पदाधिकारीहरू, कर्मचारीहरू, सबै वडाका स्वास्थ्य चौकीका कर्मचारीहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरू, विभिन्न विद्यालयका…

पुरा पढ्नुहाेस्

आज ७ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइँदै

बैशाख १६, काठमाडौं । सरकारले आज विभिन्न ७ जिल्लाका नागरिकलाई हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउदैछ । सात जिल्लाका ५० लाख ७८ हजारलाई हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यस वर्ष झापा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तुमा हात्तीपाइलेविरुद्धको औषधी खुवाइने छ । अहिलेसम्म ५३ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउने कार्यक्रम सफल भइसकेको मन्त्रालयको भनाई छ । कपिलवस्तु र झापामा भने सफल हुन नसकेको भन्दै मन्न्त्रालयले फेरि औषधी खुवाउने कार्यक्रम राखेको हो । यस वर्ष कार्यक्रमका लागि सरकारले १२ करोड रुपियाँ विनियोजन गरेको छ । सो…

पुरा पढ्नुहाेस्