नेपालमा १५ जना कोरोना संक्रमित थपिए, १७ जना संक्रमणमुक्त !

वैशाख २३, काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ३ हजार ४५३ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित भएका हुन् । त्यस्तै, पछिल्लो २४ घण्टामा १७ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा कोरोना निको हुने प्रतिशत ९८.८ रहेको मन्त्रालयले जनाएको छ । आज कोरोनाबाट कसैको मृत्यु भएको छैन । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ । देशभर अहिले १०६ जना क्वारेन्टाइनमा छन् भने हाल सक्रिय कोरोना संक्रमितको संख्या २१५ रहेको छ ।

संम्बन्धित समचार

Leave a Reply