प्रचण्ड र आरजुसँग २४ घण्टे स्पष्टीकरण माग

बैशाख २८, काठमाडौं । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवासँग स्पष्टीकरण मागेको छ । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले मंगलबार दुवैसँग २४ घण्टे स्पष्टीकरण मागेको हो ।

चितवनको भेलामा गठबन्धन उम्मेदवार रेणु दाहाललाई पराजित गराए देश दुर्घटना जान्छ भन्ने अभिव्यक्ति दिएको भन्दै आयोगले प्रचण्डसँग स्पष्टीकरण मागेको हो । मतदातालाई धम्क्याउने उद्देश्यले यस्तो अभिव्यक्ति दिएको भन्दै आयोगमा निवेदन परेको थियो ।

यस्तै, धनगदीको भेलामा कांग्रेसकी नेतृ देउवालाई कांग्रेसले नजित्ने स्थानीय तहमा बजेट नपठाउने र गठबन्धन उम्मेदवारलाई जिताए निःशुल्क भिसा टिकटको व्यवस्था गरी मलेसिया पठाउनेजस्ता विषाय बोलेको भन्दै आयोगले स्पष्टीकरण मागेको हो ।

संम्बन्धित समचार

Leave a Reply