जुम्लाको चन्दननाथको मेयरमा स्वतन्त्र उम्मेदवार कठायत बिजयी

३ जेठ, काठमाण्डौ । जुम्लाको चन्दननाथ नगरपालिकाको मयेरमा स्वतन्त्र उम्मेदवार राजु सिंह कठायत निर्वाचित भएका छन् । २ हजार ४०३ मत ल्याएर उनी निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका पदमबहादुर शाहीले २ हजार ३२२ मत ल्याए ।

कांग्रेसले टिकट नदिएपछि महासमिति सदस्यबाट राजीनामा दिएर उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । स्वतन्त्रमा उम्मेदवारी दिएका कठायतले नेकपा एकीकृत समाजवदी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपासँग गठबन्धन गरेका थिए ।

संम्बन्धित समचार

Leave a Reply