धनगढीको मोहना नदीमा डुबेर दुई बालकको आज मृत्यु

जेठ १५, काठमाण्डौ । धनगढी उपमहानगरपालिका–३ स्थित मोहना नदीमा डुबेर दुई बालकको आज मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका १० वर्षीय अनुप चौधरी र १२ वर्षीय विष्णु गुप्ता रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए । चटकपुर–राजघाट जोड्ने पुलको मुनतिर नदीमा नुहाउने क्रममा डुबेर दुवै बालकको मृत्यु भएको बताइएको छ ।

संम्बन्धित समचार

Leave a Reply