विश्व कप क्रिकेट लिग–२: नेपाल र अमेरिका खेल्दै

जेठ २८,काठमाडौँ । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज शनिवार अमेरिकासँग खेल्दैछ । खेल नेपाली समयअनुसार बेलुका सवा ९ बजे अमेरिकाको ह्युस्टनमा सुरु हुनेछ ।

नेपाल–अमेरिकाबीच एकदिवसीयमा चार पटक भेट भएको छ । त्यो भेटमा नेपाल तीन खेलमा र अमेरिका एक खेलमा विजयी भएको छ ।

यसअघि पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो । नेपाल १३ खेलमा ६ मा जित र सातमा हारका साथ छैटौँ स्थानमा छ । नेपालको १२ अङ्क रहेको छ । त्यस्तै अमेरिका २१ खेलमा १० मा जित र ११ हारसहित २० अङ्ककासाथ चौथो स्थानमा रहेको छ ।

ओमान ३४ खेलमा ४२ अङ्कका साथ शीर्ष स्थानमा कायमै छ । नेपालले तेस्रो खेलमा फेरि ओमानसँग जेठ ३१ गते र अन्तिम खेलमा अमेरिकासँग असार १ गते खेल्ने तालिका रहेको छ ।

संम्बन्धित समचार

Leave a Reply