बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ बाँडफाँड आज हुँदै, तपाईको भागमा कति ?

असार ३, काठमाण्डौ । बिन्ध्यबासिनी हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर आईपीओको बाँडफाँड आज शुक्रबार हुँदैछ । उक्त आईपीओको बाँडफाँड आज निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडको कार्यालयमा दिउँसो ३ बजेपछि हुने तय गरिएको क्यापिटलले जनाएको छ ।

कम्पनीले जेठ २० गतेदेखि जेठ २५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको ४ प्रतिशत अर्थात ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र १३ लाख ६५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

संम्बन्धित समचार

Leave a Reply