जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गरिने

असार ७, काठमाण्डौ । सरकारले जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमबारको मन्त्रिपरिषद् बैठकको निर्णय आज सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

नेपालको शिक्षा क्षेत्रको विकास तथा विश्वसामु नेपाललाई चिनाउन पुर्‍याएको योगदानको कदरस्वरूप जयपृथ्वीबहादुर सिंहलाई नेपालको राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कार्कीले बताए। यस्तै मन्त्रिपरिषद्ले संयक्त राज्य अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम एसपीपी अघि नबढाउने निर्णय पनि गरेको छ। मन्त्रिपरिषद्को बैठकले सबै सरकारी निकायहरूले कूटनीतिक सम्बन्धका विषयमा पत्राचार गर्दा अनिवार्यरूपमा परराष्ट्र मन्त्रालयमार्फत गर्ने निर्णय समेत गरेको छ।

संम्बन्धित समचार

Leave a Reply