सरकारले पेट्रोलको मूल्य २० र डिजेलको मूल्य २९ ले घटायो, प्रति लिटर मुल्य कति ?

असार ११, काठमाण्डौ । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री ‍दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य घटाएको जानकारी दिए । पेट्रोलमा २० रुपैयाँले घटाएर १७९ पुर्‍याएको छ। यस्तै डिजेल मट्टीतेलको मूल्यमा २९ रुपैयाँले घटाएर १६३ रुपैयाँ पुर्‍याएको हो । सरकारले लिँदै आएको कर कटौती गरेर मूल्य घटाएको हो। नयाँ मूल्य शनिबार राति १२ बजेदेखि लागू हुनेछ ।

हाल पूर्वाधार करबापत पेट्रोल डिजेलमा प्रतिलिटर १० रुपैयाँ कर लाग्दै आएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले पनि कर कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारलाई निर्देशन दिने निर्णय गरेको थियो । यसअघि पेट्रोलको मूल्य १९९ र डिजेलको मूल्य १९२ थियो । नेपाल आयल निगमले पछिल्लो पटक डिजेल र मट्टितेलमा २७ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ बढाएको थियो ।

संम्बन्धित समचार

Leave a Reply