‘कृषि क्षेत्रको बिस्तार गर्दै निर्यातमुखि अर्थतन्त्र आजको आबश्यकता हो’ : सुमार्गी

असार १९, काठमाण्डौ । पोखरा लुम्लेमा गण्डकी प्रदेशको पाँचौ बार्षिक साधारण सम्पन्न भएको छ । उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष सन्जिव कोईरालाको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, उपाध्यक्ष अन्जन श्रेष्ठ लगायतका ब्यक्तिहरुको आतिथ्यता रहेको थियो । केन्द्रिय सदस्यहरु अरुणराज सुमार्गी, प्रेमलाल ढकाल, गोपी अधिकारी, कृष्ण शर्मा लगायत रहेका थिए । कार्यक्रमको तेस्रो चरणमा गण्डकी प्रदेशमा लगानी सम्मेलन पनि भएको छ । सम्मेलनमा पर्यटन, कृषि, बैदेशिक क्षेत्र लगायतका सम्भावित क्षेत्र तथा जोखिमका बिषयमा गण्डकी प्रदेशका मुख्यमन्त्रीसँग पनि छलफल भएको अरुणराज सुमार्गीले अनलाईन केन्द्रलाई बताए ।

गण्डकी प्रदेशका मुख्यमन्त्रीको प्रमुख आतिथ्यता र उधोग, पर्यटन ,तथा बाणिज्य आपुर्ति मन्त्रीको बिशेष आतिथ्यतामा एफएनसिसिआई केन्द्रका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको विशेष आतिथ्यता एवम् सरोकार सबै एफएनसिसिआइ केन्द्रीय समिति परिवार , प्रदेश समिति ,जिल्ला ,नगर अध्यक्षहरुको उपस्थिति तथा रोहवरमा उद्योगी लगानीकर्ता सम्मेलन कार्यक्रम घोषणा पत्र जारि गर्दै सम्पन्न भएको हो । साथै जितपुर सिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा, मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्षको पनि सहभागिता रहेको थियो ।

नेपालका अन्य क्षेत्रमा उत्पादन तथा प्रतिफल दिने बिरुवाहरुका बारेमा छलफल तथा अन्तरक्रिया भएको छ । परम्परागत कृषि क्षेत्रलाई बिस्तारीत गर्दै अहिले आधुनिक खेति तथा प्रबिधिीमा जोड दिँदै गण्डकी प्रदेशलाई आर्थिक रुपमा सवल बनाउने पक्षमा पनि छलफल भएको उद्योग बाणिज्य महासंघको केन्द्रिय सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति सुमार्गीले बताए ।

संम्बन्धित समचार

Leave a Reply